• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३१ जनालाई कारबाही

      नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

      भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा हुने

      भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग उच्चस्तरीय छलफल

      युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

      नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

      देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

      मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

      स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ :मन्त्री यादव

      एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर खाली गर्न निर्देशन

      कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

      मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    होमपेज /  मुख्य समाचार

    भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ८, बिहिबार (४४ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २० पटक पढिएको
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनः स्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी—७ विकासमन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै उनले पुनः स्थापना, जलवायु वित्त, विपद् पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी—७ को सहयोग र सहकार्यका लागि आग्रह गरे ।

    बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री खनालले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्ने जी—७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रहरूप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे ।

    ‘नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछ,’ उनले भने । उनले बैठक आयोजना गरेकोमा जी—७ को अध्यक्ष फ्रान्सलाई समेत धन्यवाद व्यक्त गरे ।

    उनले हालैको जलवायुजन्य विपद्ले नेपालमा पु¥याएको मानवीय तथा भौतिक क्षति अत्यन्त ठुलो रहेको बताए । मन्त्री खनालले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको बताए ।

    प्रारम्भिक आकलनअनुसार पुनः स्थापना तथा पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले जानकारी दिए । विपद्को वैज्ञानिक अध्ययन अझै जारी रहेको उल्लेख गर्दै उनले तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू—बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

    सरकारले जलवायु परिवर्तनसहित भौगर्भिक, हिमनदीजन्य तथा जल विज्ञानसम्बन्धी कारणको अध्ययन गर्न विशेषज्ञ समिति गठन गरेको उनले जानकारी दिए ।

    पुनः स्थापना तथा पुनर्निर्माणका लागि नेपालका पाँच प्रमुख अपेक्षा प्रस्तुत गर्दै मन्त्री खनालले पहिलो प्राथमिकताका रूपमा पुनः स्थापनाका लागि साझेदारी आवश्यक रहेको बताए । मानवीय सहायतामा मित्रराष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उनले दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण वित्तीय स्रोतसहित समन्वित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए ।

    दोस्रो प्राथमिकताका रूपमा जलवायु वित्तमा पहुँच सहज बनाउन आग्रह गर्दै मन्त्री खनालले अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी वित्त विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकका लागि छिटो, सरल र सहज रूपमा उपलब्ध हुनुपर्ने धारणा व्यक्त गरे । नेपालले हानि तथा क्षति कोषसम्बन्धी वित्तीय व्यवस्थाका लागि अनुरोध गरिसकेको र सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा रहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

    नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

    स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ :मन्त्री यादव

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको…

    भारी वर्षाको जोखिम: असोज ८ र ९ गते…

    भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन…

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३१ जनालाई कारबाही

    भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन…

    नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

    भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७…

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको…

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑