सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला । रसुवाको टुम्मुरेमा भोटेकोसी बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको अन्त्येष्टि गरिएको छ।
भदौ १० गते बाढीमा परी बेपत्ता भएका धामी २८ दिनसम्म पनि फेला नपरेपछि परिवारले बुधबार लेकम गाउँपालिका–३, लालीस्थित आर्यघाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
दार्चुलाको लेकम गाउँपालिका–४ का धामी नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। उनको अन्त्येष्टिमा दार्चुलास्थित श्रीदल गुल्मका गुल्मपति राजकुमार थापासहितको सैनिक टोली सहभागी भएको थियो। टोलीले उनलाई सैनिक सम्मानसहित अन्तिम सलामी अर्पण गरेको थियो।
धामीका छोराले यसअघि डीएनए परीक्षणका लागि रगतको नमुना दिएका थिए। परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएपछि परिवारले २८ दिनसम्मको प्रतीक्षापछि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा