• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग उच्चस्तरीय छलफल

      युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

      नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

      देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

      मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

      स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ :मन्त्री यादव

      एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर खाली गर्न निर्देशन

      कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

      मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

      सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

      विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

      विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

      अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

      भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

      काँग्रेस नेतालाई डेढ करोड बुझाएको बालिकाको बयान

    होमपेज /  राजनीती

    मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ७, बुधबार (५५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९ पटक पढिएको
  • काठमाडौं । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना हुने भएको छ ।

    आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो।

    एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका उत्कृष्ट ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिम हुने अध्यक्ष आचार्यले बताए । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् ।

    यस्तै गुजरात स्टेट भलिबल एसोसिएस र खैरा क्लब पन्जाब भारतबाट प्रतिनिधत्व गर्दैछन् भने श्रीलंकन टिमको रुपमा श्रीलंका पुलिस क्लब रहेको छ ।

    प्रतियोगितामा विजेता टिमले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुनेले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

    त्यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

    प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ट्रफी, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कारसहित कुल ३१ लाख ६१ हजार रुपैयाँ पुरस्कार तथा सम्मानमा खर्च हुनेछ ।

    प्रतियोगिता सञ्चालनका लागि कुल १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ बजेट अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

    जसअन्तर्गत खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९०० रुपैयाँ, यातायात खर्चमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र अन्य विविध खर्च १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

    यसका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतहरूबाट आर्थिक व्यवस्थापन गरिने पनि उनले बताए ।

    प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्रि चन्द्र बदना राई रेफ्रि डेलिगेटको रूपमा रहनेछन् । सहभागी खेलाडी, निर्णायक र प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको पनि उनले बताए ।

    प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी र युट्युब प्रसारण नेप्लेजबाट हुने जानकारी दिइएको छ । नेपाली भलिबलको विकास, प्रतिभा पहिचान तथा छिमेकी मुलुकहरूसँगको खेल सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने एकेडेमीका अध्यक्ष आचार्यले विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

    किसान–उपभोक्ताबीचका पाँच तहका बिचौलिया घटाएर दुई–तीन तहमा सीमित गर्ने सरकारको लक्ष्य

    ‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख…

    युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

    नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य…

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको…

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको…

    स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम…

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको…

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक…

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑