सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार जनकपुरधामको बजार पूर्ण रूपमा बन्द गरिएको छ। सुनसरीमा भएको घटनाको विरोध गर्दै हिन्दू युवाहरूले बजार बन्द गराउनुका साथै विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले जनकपुरधामका प्रमुख चोकहरूमा टायर बालेर विरोध जनाएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
प्रदर्शनका क्रममा “हिन्दू राष्ट्र कायम गर”, “हिन्दू मार्न पाइँदैन”, “मुस्लिम आयोग खारेज गर” लगायतका नारा लगाउँदै बजारका पसलहरू बन्द गराइएको थियो।
बजार बन्दका कारण जनकपुरधामको व्यापारिक गतिविधि पूर्ण रूपमा प्रभावित भएको छ भने सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनकपुरधामका मुख्य चोक तथा संवेदनशील क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। हालसम्म प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन भने सुरक्षा निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा