• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्ता

      सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

      नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

      विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

      विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

      प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ

      कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

      ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

      बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

      बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

      व्यापार सहजीकरण र कानुनी सुधारमा सरकारको ध्यानाकर्षण गराउन नेफाको आग्रह

      प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सामा खटाइयो

      कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

      सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    होमपेज /  मुख्य समाचार

    बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १३, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएकी छन् ।

    विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन् ।

    उनले नेपालले सन् १९७९ देखि बाघ संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम कार्यान्वयन गर्दै आएको तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगमा बाघको बासस्थान र आहारा संरक्षणमा निरन्तर काम भइरहेको जानकारी दिइन् ।

    नेपाल अन्तरदेशीय संरक्षण कार्यक्रम तथा विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय संयन्त्रमार्फत बाघ संरक्षणमा सक्रिय रहेको उल्लेख गर्दै उनले नेपाल–भारतबीच सञ्चालित तराई आर्क ल्यान्डस्केप कार्यक्रमले बाघको आनुवंशिक विविधता संरक्षण र दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।

    मन्त्री चौधरीले स्थानीय समुदायको सहभागिता संरक्षणको आधारशिला भएको भन्दै संरक्षणबाट पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, आयआर्जन तथा सामुदायिक अपनत्व अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

    उनले विश्वभर सन् २०१० मा करिब ३ हजार २ सय रहेको बाघको संख्या बढेर हाल ५ हजार ५ सयभन्दा बढी पुगेको र त्यसमा नेपालको योगदान महत्वपूर्ण रहेको उल्लेख गरिन् । नेपालमा नियमित गस्ती, चोरी–सिकारी नियन्त्रण, बासस्थान व्यवस्थापन तथा सामुदायिक सहभागिताका कारण बाघको संख्या निरन्तर बढिरहेको उनले बताइन् ।

    बढ्दो बाघ संख्यासँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि बढेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण, होल्डिङ सेन्टर व्यवस्थापन तथा पीडित परिवारलाई छिटो, प्रभावकारी र पीडितमैत्री ढंगले राहत उपलब्ध गराउँदै आएको जानकारी दिइन् । दीर्घकालीन व्यवस्थापनका लागि टाइगर स्याङ्क्चुअरीलगायत विकल्पबारे अध्ययन भइरहेको पनि उनले बताइन् ।

    वैज्ञानिक बाघ गणनाबाट प्राप्त तथ्यांकले आगामी संरक्षण नीति तथा योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले मानव सुरक्षा र बाघ संरक्षणबीच सन्तुलन कायम गर्नु सरकारको साझा लक्ष्य रहेको बताइन् ।

    मन्त्री चौधरीले संरक्षण अभियानमा योगदान पुर्याउँदै आएका नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय समुदाय, संरक्षण साझेदार संस्था, सञ्चारकर्मी, प्राविधिक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरिन् । संरक्षण क्षेत्रमा समुदाय र सुरक्षाकर्मीले आफ्नो ज्यानको जोखिम मोलेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले सबै पक्षको सहकार्यबाट मात्रै संरक्षण अभियान सफल हुने बताइन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    जलवायु परिवर्तनले बढायो सगरमाथा जोखिम, अनुभवी आरोहीलाई मात्र अनुमति दिनुपर्ने पासाङ दावाको सुझाव

    राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुुगे रवि लामिछाने

    सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, तीन अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्था बुझ्दै

    सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

    गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच…

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री…

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता :…

    जलवायु परिवर्तनले बढायो सगरमाथा जोखिम, अनुभवी आरोहीलाई मात्र…

    राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुुगे रवि…

    आर्थिक

    सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑