• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ९, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

      अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा भर्ना गर्ने तयारी

      राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड

      पाण्डाको रुख चढ्ने अदभुत कला

      देशमा निरंकुश प्रवृत्ति देखिन थाल्यो, फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था आयो : प्रचण्ड

      हरिशयनी एकादशीमा तुलसीको महत्व : धार्मिक आस्थासँगै स्वास्थ्यका लागि पनि लाभदायी

      जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

      इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

      बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

      स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

      हरिशयनीदेखि हरिवोधिनीसम्म : तुलसी, व्रत र विवाहको शास्त्रीय परम्परा

      मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      महानगरको सहयोगमा ट्रमा सेन्टरमा महानगरवासी र विपन्न बिरामीले निःशुल्क अर्थोपेडिक इम्प्लान्ट पाउने

      राष्ट्रिय परिचयपत्र नम्बर बिना वालेट अद्यावधिक नहुने

      फेसबुक मोनेटाइजेसनको आकर्षण र व्यक्तिगत गोपनीयता

    होमपेज /  राजनीती

    जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ९, शनिबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

    शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नरबहादुर कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताए।

    उनले आफू जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको स्मरण गर्दै जनयुद्धको तयारीका विषयमा नियमित छलफल हुने गरेको बताए।

    उनले भने, ‘मैंले जनयुद्धको तयारीका सबै कुरा कमरेड नरबहादुर कर्मचार्यलाई भन्ने गर्थेँ। उहाँ बडो रुचिपूर्वक सुन्नुहुन्थ्यो। साँच्चै नेपालमा जनयुद्ध हुन्छ त ?’ भन्ने उहाँको जिज्ञासा हुने गर्दथ्यो । मैंले सबैजसो सल्लाह उहाँसँग लिने गर्थेँ, उहाँले पनि सकेको सुझाव दिनुहुन्थ्यो।’

    प्रचण्डले कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने विषयमा कर्मचार्य सधैँ दृढ रहेको उल्लेख गर्दै एकता केन्द्र गठन हुँदा उहाँ निकै खुसी भएको तर पछि विभाजन हुँदा दुःखी बनेको बताए।

    उनले भने, ‘कमरेड नरबहादुर कर्मचार्यले मनपर्ने नेता को भन्दा ’प्रचण्ड’ भन्नुभएको थियो । त्यो सामान्य भनाइ थिएन, त्यसभित्र ठूलो विचार र भावना थियो, म त्यो कहिल्यै बिर्सिन्नँ।’

    उनले नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचार इतिहासले सही सावित गरिसकेको भन्दै अहिले कम्युनिस्ट आन्दोलनमा पुष्पलालप्रति कुनै विमति नरहेको बताए।

    नरबहादुर कर्मचार्य अन्तिम समयसम्म पनि क्रान्तिकारी धारमै अडिग रहेको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाएको बताए।

    उनले भने, ‘अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा कमरेड पुष्पलाल र कमरेड नरबहादुर कर्मचार्यजस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने अवस्था आएको छ।’

    प्रचण्डले श्रद्धाञ्जलि कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा देशमा देखापरेका निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

    देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आर्थिक अनियमिततामा शून्य सहनशीलता

    पुष्पलालको जन्मथलोमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा…

    राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा…

    पाण्डाको रुख चढ्ने अदभुत कला

    अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा…

    देशमा निरंकुश प्रवृत्ति देखिन थाल्यो, फेरि एकपटक संघर्ष…

    मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    आर्थिक

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑