• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ९, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

      अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा भर्ना गर्ने तयारी

      राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड

      पाण्डाको रुख चढ्ने अदभुत कला

      देशमा निरंकुश प्रवृत्ति देखिन थाल्यो, फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था आयो : प्रचण्ड

      हरिशयनी एकादशीमा तुलसीको महत्व : धार्मिक आस्थासँगै स्वास्थ्यका लागि पनि लाभदायी

      जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

      इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

      बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

      स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

      हरिशयनीदेखि हरिवोधिनीसम्म : तुलसी, व्रत र विवाहको शास्त्रीय परम्परा

      मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      महानगरको सहयोगमा ट्रमा सेन्टरमा महानगरवासी र विपन्न बिरामीले निःशुल्क अर्थोपेडिक इम्प्लान्ट पाउने

      राष्ट्रिय परिचयपत्र नम्बर बिना वालेट अद्यावधिक नहुने

      फेसबुक मोनेटाइजेसनको आकर्षण र व्यक्तिगत गोपनीयता

    होमपेज /  राजनीती

    इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ९, शनिबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

    शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थापक नेताहरूको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन इतिहासको संरक्षण अपरिहार्य रहेको बताए।

    उनले पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा रहेको पुष्पलालको सालिक तोडफोड गरिनुका साथै दुर्लभ दस्तावेज र हस्तलिखित सामग्री जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै यस वर्ष फोटोमा माल्यार्पण गरेर स्मृति दिवस मनाउनुपरेको बताए।

    नेपालले नरबहादुर कर्माचार्यले पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै संस्थापक नेताहरूको सही इतिहास अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।

    उनले इतिहास लेख्ने र संरक्षण गर्ने संस्कृतिको अभाव रहेको उल्लेख गर्दै महत्त्वपूर्ण राजनीतिक घटनाका साक्षी रहेका नेताहरूले आफ्ना अनुभव लिखित रूपमा छाड्नुपर्ने बताए।

    उनले भने, ‘यो स्मृतिमा रहेका कुराहरू नोट भएनन् भने त्यत्तिकै हराएर जान्छन्। व्यक्तिहरू बितेपछि घटनाक्रम पनि सँगै हराउने रहेछन्। त्यसैले इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूले आफ्ना अनुभव लेखेर छाड्नुपर्छ।’

    नेपालले आफूले तुलसी गिरी, मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायत नेताहरूलाई आफ्ना अनुभव अभिलेख गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै धेरै ऐतिहासिक सामग्री समयमै सुरक्षित गर्न नसक्दा हराएको बताए।

    उनले रौतहट जिल्लाको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गर्दै त्यहाँ भएका राजनीतिक, किसान आन्दोलन तथा कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित घटनाहरू व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने बताए।

    कम्युनिष्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई पुनर्जीवित गर्न एकता, आत्मसमीक्षा र नयाँ उत्साह आवश्यक रहेको धारणा राखे।

    उनले भने, ‘आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ। घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

    कार्यक्रममा उनले नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

    देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आर्थिक अनियमिततामा शून्य सहनशीलता

    पुष्पलालको जन्मथलोमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा…

    राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा…

    पाण्डाको रुख चढ्ने अदभुत कला

    अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा…

    देशमा निरंकुश प्रवृत्ति देखिन थाल्यो, फेरि एकपटक संघर्ष…

    मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    आर्थिक

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑