• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस्: उपसभामुख

      व्यवसाय गर्न चाहने युवालाई २० लाखसम्म स्टार्टअप कर्जा, ब्याजदर जम्मा ३ प्रतिशत

      गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ

      नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट, धनगढीबाट दम्कल पठाएर आगो नियन्त्रण 

      राष्ट्रपति पौडेलद्वारा गाईको पूजा

      नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

      सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ, करिब १० लाख रकम बरामद

      लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

      बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

      सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

      आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

      भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने सरकारको निर्णय

      धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

      कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

      एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

    होमपेज /  राजनीती

    कर्णाली प्रदेश सरकारमा हलचल, काँग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३२, बिहिबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८७ पटक पढिएको
  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

    नेपाली कम्युनिष्ट पार्टीका र नेपाली काँग्रेसका केही सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    नेकपाका ११ जना र नेपाली काँग्रेसका पाँच जनासहित १६ जना सांससदले अविश्वासमा हस्ताक्षर गरेका छन् ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसंगै कर्णाली प्रदेश सभामा कँडेल सरकार अल्पमतमा परेको छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन् ।

    ‘नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १५२ को उपनियम (२) बमोजिम लिखित रुपमा अविश्वसको प्रस्ताव पेश गरेका छौ’ अविश्वासको प्रस्तावमा भनिएको छ, ‘साथै नेपालको संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभाका माननीय जीवनबहादुर शाहीलाई प्रस्तावित गर्दछौ ।’

    कर्णाली प्रदेशमा नेपाली काग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेलले सत्ताको नेतृत्व गरिरहेका छन् । बुधबार नेपाली काँग्रेसका मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि कर्णालीमा नयाँ गठबन्धनको खेल सुरु भएको थियो ।

    नेपाली काँग्रेसबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका थिए ।

    बुधबार राजीनामा दिएका मन्त्रीहरु सुरेश अधिकारी र विजया बुढाले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्व्वासको प्रस्ताव दर्ता भएसंगै कर्णालीमा नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच गठन हुने सम्भावना बलियो बनेको छ ।

    मुख्यमन्त्री कँडेलमा राजनितिक इमान्दारिता नदेखिएकाले नयाँ समीकरणको सम्भावना बलियो भएको काँग्रेसका एक सांसदले बताए ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४ र नेकपा एमालेका १० सांसद छन् । यो अंक गणितमा राजनीतिक दलहरु नयाँ समीकरणको कसरतमा लागेका छन् ।

    २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ ।

    एमाले–काँग्रेसको सहमती अनुसार गत चैत्रमा प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भएपछि पछिल्लो बदलिँदो राजनीतिक घटनाक्रमले एमालेको नेतृत्व लम्बिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

    गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

    पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

    प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

    श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव…

    व्यवसाय गर्न चाहने युवालाई २० लाखसम्म स्टार्टअप कर्जा,…

    गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ

    नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण…

    हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव…

    बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

    आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑