• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

      असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने प्रतिफल थप कम, कुन बैंकको कति ?

      वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी : मन्त्री यादव

      मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

      कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन 

      सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

      स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

      काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने

      टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

      बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

      कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

      डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    होमपेज /  समाचार

    काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ।

    आइतबार महानगरको १९ औँ अधिवेशनमा कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने विशेष रणनीति समेटिएका छन्।

    महानगरले काठमाडौंका मठ, मन्दिर, बहाल, बही, हिटी (ढुङ्गेधारा), पोखरी, गुम्बा र फल्चालगायतका प्राचीन संरचनाहरूको डिजिटल अभिलेखीकरण, मर्मत र जीर्णोद्धारमा जोड दिएको छ।

    कार्यवाहक नगर प्रमुख डङ्गोलले भनिन्, ‘हाम्रो समृद्ध इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण नै पर्यटन विकासको मुख्य आधार हो । यी सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा थप व्यवस्थित र आकर्षक बनाउनेछौँ ।’

    महानगरले पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न नवीन कार्यक्रमहरू अघि सारेको छ । प्राचीन बस्तीहरूमा होमस्टे सञ्चालन गर्न स्थानीयलाई प्रोत्साहन गरिनेछ । यसले स्थानीय संस्कृति र परिकारको स्वाद लिन चाहने पर्यटकहरूलाई नयाँ अनुभव प्रदान गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ ।

    विदेशी पाहुनाहरूलाई समेत आकर्षित गर्ने गरी ‘अन्तर्राष्ट्रिय काठमाडौँ फिल्म फेस्टिवल’ आयोजना गरिनेछ । साथै, परम्परागत खाना महोत्सव र कला प्रदर्शनी (एक्सपो) मार्फत काठमाडौँको मौलिक कला र शिल्पको विश्वव्यापी प्रचार गरिनेछ। अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन दिनेछ ।

    इन्द्रजात्रा र सेतो मच्छिन्द्रनाथ जात्राजस्ता महत्त्वपूर्ण सांस्कृतिक जात्राहरूको मार्गमा सम्पदा–मैत्री फुटपाथ निर्माणमा महानगरले विशेष प्रोत्साहन गर्ने भएको छ।

    यस्तै, अमूर्त सांस्कृतिक सम्पदाहरू (जात्रा, पर्व, बाजा, सङ्गीत) लाई युनेस्कोको ‘आइसिएच’ सूचिमा समावेश गर्न पहल गर्ने योजना महानगरको छ । साथै, ‘येँ देय् सांस्कृतिक छें’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।

    महानगरले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महानगरले ‘स्वनिगः विश्वविद्यालय’ स्थापनाका लागि नेपाल सरकारसँग समन्वय गर्ने भएको छ । यसका साथै, सहरलाई थप सुन्दर र वातावरणमैत्री बनाउन ‘चराचुरुङ्गीमैत्री’ अभियानअन्तर्गत पानी पात्र स्थापना गरिने र ऐतिहासिक ढुङ्गेधारा तथा पोखरीहरूको संरक्षणमार्फत जल–पर्यटनको अवधारणालाई अगाडि बढाउने नीति लिएको छ ।

    काठमाडौँ महानगरपालिकाले अघि सारेका यी कार्यक्रमहरूले सहरको मौलिक पहिचान जोगाउँदै आन्तरिक र बाह्य पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन 

    कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली

    सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र…

    असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने…

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    आर्थिक

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑