सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो। आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ।
रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा