• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

      ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

      ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

      Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    होमपेज /  कला/मनोरञ्जन

    लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ८, शुक्रबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३८ पटक पढिएको
  • काठमाडौं । कहिलेकाहीँ केही फिल्महरू कथा सुनाउनुभन्दा पनि एउटा समाजको चिरफार गर्न जन्मिएका हुन्छन् ।

    ‘लालीबजार’ त्यस्तै एउटा प्रयास हो । वादी समूदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरिएको छ यो चलचित्रमा । निर्देशक यम थापाले के देखाउन खोजेका हुन् भन्ने कुरा फिल्मले अलमल्याउँदैन । दृश्यहरू अनावश्यक लम्ब्याइएका छैनन्, कथाले घुमाउरो बाटो समात्दैन । त्यसैले फिल्म सुरु भएसँगै दर्शक ‘लालीबजार’को संसारभित्र छिर्छन् ।

    फिल्मको केन्द्रमा छिन् मधुवाला अर्थात स्वस्तिमा खड्काले निभाएको पात्र । घरकी बिरामी आमा, जँड्याहा भाइ र जीवन धान्ने जिम्मेवारी बोकेकी मधु शरीर बेचेरै परिवार पालिरहेकी छिन् । गाउँकै बाहुन युवक नारायणसँग प्रेम बस्छ । भागेर बिहे गर्छिन्, तर समाजले त्यो सम्बन्ध स्वीकार्दैन । अन्ततः प्रेमभन्दा ठूलो ठहरिन्छ जात र वर्ग । मधु फेरि लालीबजार फर्किन्छिन् पेटमा एउटा भविष्य बोकेर ।

    फिल्मको मूलभाव त्यहीँबाट सुरु हुन्छ । एउटा आमाले छोरीलाई आफूजस्तो जीवन नदिने अठोट । छोरी महारानीलाई पढाएर समाजको घेरा तोड्ने सपना । यही यात्रामा फिल्मले आमा–छोरी सम्बन्ध, वादी समुदायको पीडा, वर्गीय विभेद र महिलामाथिको सामाजिक अन्यायलाई एकसाथ समेट्ने प्रयास गरेको छ ।

    तर समस्या यहीँ पनि देखिन्छ । फिल्मले उठाउन खोजेका मुद्दा गहिरा छन्, तर पटकथाले तिनलाई पर्याप्त धार दिन सक्दैन । मधु पात्रको संघर्ष कथामा भनिएजति तीव्र महसुस हुँदैन । समाजले अस्वीकार गर्दा उनी प्रतिरोधमा उभिँदैनन्, बरु फर्किन्छिन् । नागरिकताको समस्या आउँदा पनि संघर्ष उनको होइन, वरपरका पुरुष पात्रहरूको निर्णयले समाधान खोज्छ । यसले मधुलाई आफ्नो जीवनको चालकभन्दा परिस्थितिले बगाइरहेको पात्रजस्तो बनाइदिन्छ ।

    सबैभन्दा ठूलो विडम्बना के छ भने, महिलाको कथा भन्न खोजिएको फिल्ममा पनि निर्णायक क्षणहरू पुरुष पात्रकै हातमा छन् । नारायणले भाग्ने योजना बनाउँछ, भाइले नागरिकताको बाटो खोलिदिन्छ । मधु अधिकांश समय रोइरहेकी, सहिरहेकी र परिस्थितिसँग हार मानिरहेकी देखिन्छिन् । नेपाली सिनेमाले वर्षौँदेखि दोहोर्याइरहेको ‘रुन्चे महिला पात्र’को छायाँ यहाँ पनि भेटिन्छ ।

    तर अभिनयले भने फिल्मलाई धेरै ठाउँमा जोगाएको छ । स्वस्तिमा खड्काले मधुको पीडा, असहायता र ममतालाई निकै स्वाभाविक ढंगले पर्दामा उतारेकी छन् । उनको आँखाभित्रको थकान, बोलीभित्र दबिएको आक्रोश र छोरीप्रतिको माया धेरै दृश्यमा संवादभन्दा बलियो भएर निस्किएको छ । विशाल देवकोटाले निभाएको नारायण पात्र पनि प्रभावशाली छ ।

    आफ्नो प्रेम र समाजबीच च्यापिएको एउटा पुरुषको द्वन्द्व उनले संयमताका साथ प्रस्तुत गरेका छन् । समाजको दबाबका कारण मधुलाई खुलेर स्वीकार्न नसकेका नारायणले छोरीको भविष्यका लागि लड्ने पात्रमा बदलिन्छन् ।

    विशेषगरी आफ्नी छोरीलाई पढाउनुपर्छ, उसलाई राजाको जिम्मा लगाएर बेचिन दिनु हुँदैन भन्ने अडानमा उनी सबैसँग भिड्छिन। कहिले समाजसँग, कहिले राजासँग त कहिले आफ्नै पत्नी मधुसँग उनको टकराव देखिन्छ । यही संघर्षले नारायण पात्रलाई केवल प्रेमी होइन, एउटा जिम्मेवार बुबाको उचाइमा पुर्याउँछ ।

    फिल्मको अन्तिमतिर मृत्युको मुखसम्म पुगेर उनको भूमिका टुंगिन्छ, जसले कथालाई थप भावुक बनाइदिन्छ । विशालले नारायणभित्रको निर्दोषपन, असहायता र साहसलाई सुरुदेखि अन्त्यसम्म समान लयमा बगाएका छन्, जसले यो पात्रलाई दर्शकको मनमा लामो समयसम्म जीवित राख्छ ।

    यसैगरी राजाको भूमिकामा देखिएका रवीन्द्रसिंह बानियाँले फिल्ममा गहिरो प्रभाव छाडेका छन् । उनी पर्दामा देखिनेबित्तिकै पात्रभित्रको शक्ति, डर र सामाजिक हैसियत महसुस हुन्छ । वादी समुदायमाथि राज्य र सत्ताले कसरी हेथ्र्यो भन्ने कुरा उनको हाउभाउ, संवाद र उपस्थितिले संकेत गरेको छ ।

    रवीन्द्रसिंह बानियाँको अभिनयको विशेषता नै पात्रलाई अतिरञ्जित होइन, भित्री दबाबसहित प्रस्तुत गर्नु हो, जुन ‘लालीबजार’मा पनि देखिन्छ । उनको संवाद बोल्ने शैलीमा कठोरता छ, तर त्यो केवल व्यक्ति होइन, एउटा संरचनाको प्रतिनिधि जस्तो लाग्छ । विशेषगरी मधुजस्ता पात्रहरूसँगको व्यवहारमा उनले शक्ति र विभेदको मनोविज्ञानलाई स्वाभाविक ढंगले उतारेका छन् । रवीन्द्रसिंह बानियाँले आफ्नो अनुभव र अभिनय क्षमताले फिल्मलाई बलियो बनाउने काम गरेका छन् ।

    फिल्मको अर्को सबल पक्ष यसको दृश्य भाषा हो । फुङ्ग उडेको रंग संयोजन, पुरानो समयको बनोट र परिवेशले दर्शकलाई २०४५ सालतिर फर्काइदिन्छ । गीत र पाश्र्वध्वनिको प्रयोग पनि जबर्जस्ती लाग्दैन । विशेषगरी ‘म प्यार बेचिदिन्छु’गीतले कथाको भावनात्मक तहलाई अझ गहिरो बनाइदिन्छ ।
    तर फिल्मले वादी समुदायलाई चित्रण गर्दा अपेक्षित संवेदनशीलता भने कायम राख्न सकेको छैन । समूदायको पीडाभन्दा पनि कतिपय दृश्यमा व्यवसायिक सिनेमाको आकर्षण बढी देखिन्छ । वादी महिलाहरू किन यस्तो अवस्थासम्म पुगे ? राज्य कहाँ असफल भयो ? वादी समाज भनेको के हो ? समाजले किन उनीहरूलाई यही चक्रमा धकेल्यो ? फिल्मले यी प्रश्नहरूलाई सतहबाट छोएर छाडेको अवस्था छ । यदि यही पक्षलाई गहिरो बनाइएको भए, ‘लालीबजार’ एउटा शक्तिशाली सामाजिक दस्तावेज बन्नसक्थ्यो ।

    तर यति कमजोरीका बीच पनि फिल्मको अन्तिम भागले दर्शकलाई भावुक बनाउँछ । जब मधु आफ्नो छोरीको भविष्यलाई आफ्नै जीवनभन्दा ठूलो सपना ठान्छिन्, त्यहाँ एउटा आमाको मौन संघर्ष बोल्न थाल्छ । छोरीले आफूले नपाएको सम्मान पाओस् भन्ने चाहनामा मधुको थकित अनुहारले धेरै कुरा भन्छ । त्यो क्षणमा फिल्म केवल वादी समुदायको कथा रहँदैन, एउटा आमाको त्यागको कथा बन्छ । र प्रायः यो फिल्म हेर्ने सबैका आँखा रसाउन पुग्छन् ।

    अन्ततः लालीबजार पूर्ण फिल्म होइन, तर महत्वपूर्ण फिल्म हो । यसले प्रश्न उठाउँछ, केही ठाउँमा चुक्छ, केही ठाउँमा मन छोएर जान्छ । विशेषगरी अन्तिमतिर फिल्मले दर्शकलाई भावनात्मक बनाउँछ किनकी त्यहाँ एउटा आमाको सपना छ, जुन समाजभन्दा ठूलो देखिन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला,…

    अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

    मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑