• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

      ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

      ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

      Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    होमपेज /  कला/मनोरञ्जन

    कलाकर्मी भन्छन् : ‘लालीबजार वर्षौंसम्म सम्झिने फिल्म बनेको छ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ५, मंगलबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२२ पटक पढिएको
  • काठमाडौं । दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘लालीबजारु लाई विशेष प्रदर्शनीमा कलाकर्मीले तारिफ गरेका छन् ।

    फिल्मको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई उपस्थित कलाकर्मीले मुक्तकण्ठले तारिफ गरेका हुन् ।

    सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष प्रदर्शनीमा फिल्म हेरेपछि अभिनेता तथा निर्देशक नीर शाहले वर्षौंसम्म सझिने कोसेली उपहार पाइएको बताए ।

    उनले भने, ‘निर्माताले हामीलाई आगामी धेरै वर्षसम्म सम्झिने फिल्म उपहार दिनुभएको छ, यो कोसेलीका लागि धन्यवाद । एउटा नेपालकै कथामा आधारित राम्रो फिल्म हेर्न पाएँ, जुन विश्वासका साथ हल छिरेको थिएँ, निस्किँदा त्यो भन्दा बढी पाएँ । यसमा स्वस्तिमाजीले गर्नुभएको काम अघिल्ला काम भन्दा ज्यादै माथी छ, अब उहाँको प्रतिष्पर्धा स्वयम् आफैँसँग हुनेछ । आगामी दिनमा उहाँले मधुवाला नामक पात्रलाई जित्ने अभिनय गर्नुपर्छ, साथै नव अभिनेता विशाल र प्रशंसाले पनि राम्रो काम गरेका छन् । सबै पात्र जीवन्त छन्, हामी त्यहि संसारमा पुगेको आभाष हुन्छ ।’

    अभिनेता शाहले फिल्म ‘लालीबजारु हेरेर मात्र यसबारे आफ्नो धारणा बनाउन आग्राग गरे । अभिनेत्री प्रियंका कार्कीले फिल्मको विषयवस्तु र कलाकारको अभिनयले बाँधेर राख्ने बताइन ।

    ‘फिल्म हेरिरहदा समय बितेसँगै पटकथा सलल बगेको छ, कलाकारले उस्तै सशक्त अभिनय गरेका छन् । फिल्म हेर्दा कतै निस्किने वा मोबाइल चलाउन मन लाग्दैन, बाँधेर राख्छ । फिल्मको क्लाइमेक्स झनै सशक्त छ, यो फिल्म हेर्नै पर्ने बनेको छ,’ अभिनेत्री कार्कीले भनिन् ।

    अभिनेत्री वर्षा राउतले षट्कोण आट्र्सले दर्शकको रोजाई बुझेर नै फिल्म तयार गर्ने गरेको बताइन । उनले भनिन्, ‘मैले षट्कोण आट्र्ससँग धेरै काम गरेकी छु, उहाँहरू दर्शकको रोजाई र बुझाइसँग नजिक रहेर काम गर्नुहुन्छ । यो फिल्म हामी दर्शक भएर हेर्दा र क्रिटिक्स भएर हेर्दा पनि मन पर्नेगरी तयार गर्नुभएको छ । सामाजिक विषयलाई यस्तो मज्जाले फिल्ममा प्रस्तुत गर्नुभएको छ की यो गज्जब बनेको छ, यो फिल्म नछुटाउनु होला ।’

    अभिनेता आयुष्मान डिएस जोशीले फिल्ममा स्वस्तिमा खड्का अघिल्ला फिल्मको तुलनामा निकै सशक्त रुपमा प्रस्तुत भएको बताए । फिल्ममा समावेश लोकप्रिय गीत ‘मायालाई के दिउँ म बैना’का गायक तथा सङ्गीतकार खेम सेन्चुरीले फिल्म हेर्दा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए।

    ‘फिल्मको बारेमा जति चर्चा छ, त्यो भन्दा फिल्म निकै राम्रो बनेको छ । यो फिल्मले कुनै समुदायलाई कहिँ कतै बुझाएको छैन, यसले एउटी आमाले सन्तान रक्षाको लागि के सम्म गर्छिन् भन्ने देखाएको छ । फिल्म हेर्दा नरसाउने आँखा सायद निकै कम हुन्छन् । अभिनेत्री स्वस्तिमासहित म सबैको फ्यान भएँ, निकै उत्कृष्ट बनेको छ फिल्म, यसको पार्ट हुन् पाउँदा गौरव लागेको छु, गायक सेन्चुरीले भने ।

    अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण टिम उत्साहित रहेको बताइन । ‘हामीले प्रिमियर र अहिले स्पेसल स्क्रीनिङ गर्यौं, मोफसलसँगै काठमाडौँका दर्शकलाई हलमा पुगेर भेटघाट गरिरहेका छौँ । सबैले दिनुभएको प्रतिक्रिया उस्तै छ । फिल्म बुझ्नु भएका कलाकर्मीदेखी मनोरन्जनका लागि फिल्म हेर्न हल आउने दर्शकसम्म सन्तुष्ट हुनहुन्छ, यो नै हाम्रो सफलता हो’ उनले भनिन् ।

    अभिनेत्री खड्काले आज मंगलवारदेखि ‘लालीबजारु टिम पूर्वका दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन विर्तामोडबाट पुनः मोफसल यात्रा सुरू हुने बताइन । उनका अनुसार काठमाडौँ र मोफसलका हलमा टिम बाँडिएर दर्शकसँग भेटघाट गरिनेछ । यसअघि नेपालगंज, सुर्खेत, बुटवल, चितवन र पोखराका दर्शकसँग ‘लालीबजारु टिमले भेटघाट गरिसकेको छ ।

    यसैगरी फिल्म ‘लालीबजारु को ट्रेलर युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा छ । यसले फिल्म प्रति दर्शकको चासो बढिरहेको र आगामी दिनमा अझैँ राम्रो व्यापार गर्ने सङ्केत गरेको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

    यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

    फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

    फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला,…

    अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

    मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑