सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न आदेश दिएको हो।
वादी समुदायका महिलाको जीवन संघर्षमा आधारित उक्त चलचित्र निर्देशक यम थापाको निर्देशनमा निर्माण गरिएको हो। फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी थियो।
चलचित्रमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै वादी समुदायका तर्फबाट रोशनी नेपालीले रिट दायर गरेपछि अदालतले प्रारम्भिक सुनुवाइपछि प्रदर्शन स्थगित गर्ने आदेश दिएको हो।
यसअघि केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिसकेको थियो। अब आगामी सुनुवाइपछि फिल्म प्रदर्शनबारे अन्तिम निर्णय हुने बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा