• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      आज साउन महिनाको तेस्रो सोमबार

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

      ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

      ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

    होमपेज /  कला/मनोरञ्जन

    के हो ‘लालीबजार’ ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख १३, आईतबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५६ पटक पढिएको
  • काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ ।

    अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो ।

    सार्वजनिक ट्रेलर र गीतसङ्गीतका कारण प्रतिक्षित बनेको फिल्ममा स्वस्तिमाले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
    ‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन् । अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन् । फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स र शट्समा लोकप्रिय छ ।

    यस्तै, ’मिठो संसार’ र ‘मै राम्री छु त नी’ पनि दर्शकले रुचाएका छन् । ‘जात्रा’ देखि षट्कोण आट्र्सले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिएँ । तर, यसपटक ’लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिईएको छ । फिल्मको कथा पनि उनकै हो भने पटकथा निर्देशकद्वय भट्टराई र थापाले तयार गरेका छन् ।

    षट्कोण आट्र्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरिरहदा पटकथामा सुझाव दिन निर्देशक यम थापासँग निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीको भेट भएको थियो । सोही भेटले ’लालीबजार’ को सहकार्य जुराएको थियो । सुझाव दिन भेटघाट भएको पटकथामा छलफल भएपछि निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको पृष्ठभूमिमा तयार गरिएको आमा र छोरीको कथा सुनाएका थिए ।

    सो कथा मन परेपछि षट्कोण आट्र्सले फिल्म बनाउने तयारी सुरू गरेको थियो । डिजिटल माध्यममा पर्याप्त जानकारी उपलब्ध नभएपछि बर्दिया नै पुगेर अनुसन्धान गरेर फिल्मको कथालाई पूर्णता दिईएको निर्माण कम्पनिले बताएको छ । विशेषत बादी समुदायसँग जोडिएको विषय भएकाले पनि निर्माण कम्पनि षट्कोण आट्र्सले निकै गम्भीरताका साथ पटकथा तयार गरेको थियो ।

    बादी समुदायले गर्व गर्न सक्ने गरी फिल्म तयार गरिएको षट्कोण आट्र्सको भनाइ छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले छलफल गरे ।

    विशाल थियटरमा अभिनेतासँगै निर्देशकका रुपमा काम गरिरहेका कलाकर्मी हुन् भने प्रशंसा जेनजी अभियन्तासँगै कन्टेन्ट क्रिएटरका रुपमा परिचित छिन् । यी दुवै आफ्नो डेब्यु फिल्मलाई लिएर निकै उत्साहित छन् ।

    निर्माता म्याक्स दीपेश खत्री स् ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ फिल्म निर्माण गरिसकेको षट्कोण आट्र्सले फिल्म ‘लालीबजार’ सम्म आइपुग्दा विषयवस्तु उठानमा झनै गम्भीर भएको छ । हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्क बनेको महसुस ‘लालीबजार’ मा आइपुग्दा भएको छ । यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ । यसअघि ‘महापुरूष’ मा हामीले बुवा र छोराको कथालाई देखाएका थियौँ । विषयवस्तुका हिसाबले हामीले निर्माण गरेका फिल्म मध्ये ‘लालीबजार’ उत्कृष्ट हो ।

    प्रदीप भट्टराई, कार्यकारी निर्माता,पटकथाकार स् षट्कोण आट्र्सबाट हामीले फरक कथा ल्याउने तयारी गर्दै गर्दा तराईको एउटा आइडियामा काम गरिरहेका थियौँ । त्यसमा नै सल्लाह लिन हामीले निर्देशक यम थापालाई भेटेका थियौँ । सोही छलफलमा हामीले कथा खोजिरहेको र राम्रो कथा भेटमा निर्माण गर्ने बतायौं ।

    यमजीले आफूसँग भएको कथा हामीलाई दिनुभयो । त्यो पढेपछि हामीले फिल्म निर्माण गर्ने निर्णय लियौं । कथा बादी समुदायकी महिलाको भएकाले हामीले पटकथा तयार गर्दा धेरै छलफल र अनुसन्धान गर्यौं । नेपाली दर्शकलाई फरक किसिमको कथा पर्दामा ल्याउन हामीले सक्दो मेहनत गरेका छौँ । यो फिल्म हेरेपछि बादी समुदायको बारेमा दर्शकले थाहा पाउनु हुनेछ, अहिले हामी कहाँ आइरहेका धेरै जानकारी गलत पनि छन् । तर, यो विशुद्ध आमा र छोरीको कथा हो ।

    षट्कोण आट्र्सबाट बन्ने फिल्म मैले नै निर्देशन गरिरहेको छु, तर यो कथा यमजी को भएको र उहाँ बर्दियाकै भएकाले कथालाई न्याय गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीले निर्देशनको जिम्मा दिएका हौँ । हाम्रो निर्णय सही भएको हामीलाई थाहा छ, आगामी वैशाख १८ मा फिल्म प्रदर्शन भएपछि फिल्मकर्मीसँगै दर्शकले पनि थाहा पाउनु हुनेछ ।

    रवीन्द्रसिंह बानियाँ ,कलाकार : षट्कोण आट्र्सबाट हामीले सामाजिक विषयमा फिल्म बनाउने तयारी गरिरहेकै समयमा ‘लालीबजार’ हामी कहाँ आइपुगेको हो । यो फिल्मले एउटी आमाको सङघर्षसँगै उसको ममतालाई देखाएको छ । यसमा मैले ‘टल्क जंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु । एउटा शोसक र सामन्तको भूमिका छ । मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला रु विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ ।

    यो फिल्म कमर्सियल छ, तर यसलाई तयार गर्दा हामी बादी समुदायमै पुगेर अनुसन्धान गरेर फिल्मको पटकथा तयार गरेका हौँ । विषयको गम्भीरतालाई बुझेर हामीले काम गरेका छौँ । मैले फिल्म निर्वाह गरेको पात्रहरू समाजमा हुनु हुँदैन, त्यस्ता पात्र धर्तिमा रहन लायक छैनन् । यो फिल्ममा काम गर्दा थाहा पाएँ, हामीले वा राज्यले ती समुदायसँग जतिपटक माफी मागे पनि कम हुन्छ ।

    स्वस्तिमा खड्का,कलाकार स् मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु । षट्कोण आट्र्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ ।

    यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ । निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको , ‘लालीबजार’ ।

    विशाल देवकोटा, कलाकार स् म थियटरमा काम गरिरहेको थिएँ । एउटा नाटक हेर्न आएपछि मलाई नोटिस गर्नुभएको रहेछ । षट्कोण आट्र्सले फिल्म बनाउने र स्वस्तिमा खड्का जस्तो कलाकारसँग काम गर्न पाउने भएकाले दंग थिएँ । किनकि स्वस्तिमाले आफूलाई ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्ममार्फत अभिनयमा प्रमाणित गरिसक्नुभएको छ भने उहाँको कमर्सियल भ्यालूका बारेमा मैले केही भन्न पर्दैन ।

    ‘लालीबजार’ मा उहाँको जोडीका रुपमा काम गर्न पाउँदा मैले सिक्ने अवसर पनि पाएँ । हामी सबै कलाकारले षट्कोण आट्र्सका बारेमा जे सुनेका थियौँ, त्यो पायौं । यस्ता फिल्महरू हल भित्र नै सकिदैनन्, घर, परिवार र गाउँ समाजमा पुग्छन्, छलफल हुन्छन् भन्ने मलाई लागेको छ ।

    प्रशंसा सुवेदी,कलाकार स् म अभिनय गर्ने तयारी गरिरहेकी थिएँ, केही ठाउँमा अडिसन पनि दिएकी थिएँ तर सहकार्य जुरेको थिएन । त्यसकारण पनि नेपाली फिल्मको खबर बारे म जानकार नै हुन्थे । एकदिन मलाई रवीन्द्र अंकल ९रवीन्द्रसिंह बानियाँ० ले फिल्ममा काम गर्न ‘इन्ट्रेस्टेड’ हो भने आएर अडिसन देउ भन्नुभयो ।

    ‘लालीबजार’ का बारेमा म जानकार थिएँ, सोही कारण म अडिसन दिन पुगें । केही भिडिओ हेरेपछि र केही समय लिएपछि म छनोट भएको खबर पाएँ । पहिलो फिल्ममा नै षट्कोण आट्र्स र स्वस्तिमा दिदी (स्वस्तिमा खड्का) सँग काम गर्न पाउँदा निकै खुसी छु । म सहरमै हुर्किएको कारणले ग्रामिण भेगको देखिनु पर्ने र लवजमा पनि काम गर्नु पर्ने थियो । मलाई कलाकार र निर्माण टिम, निर्देशकले धेरै हेल्प गर्नुभयो । वर्कशपले मलाई धेरै ज्ञान दियो, मैले सक्दो मेहनत गरेकी छु ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चार वटा संसदीय समितिको बैठक बस्दै

    मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑