• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

      भारत–चीन जोड्ने कर्णाली करिडोर : व्यापार, पर्यटन जलविद्युतको सम्भावना

      नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

      इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

      स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

      मुगुको खत्याडमा आगलागी : किराना र टेलर पसल पूर्ण रूपमा जलेर नष्ट

      स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

      डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

      ‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला

      मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ

      सालनाल सहितको नवजात शिशु फाल्ने आमा पक्राउ

      मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

      कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

    होमपेज /  समाचार

    इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र २५, बुधबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४४ पटक पढिएको
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानलाई सरोकारवाला निकाय भन्दा पनि साझेदार संस्थाको रुपमा अघि बढाउन चाहेको बताएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग बुधबार सिंहदरबारमा छलफल गर्दै ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा प्रणालीमा राज्यको भन्दा बढी योगदान दिएको निजी क्षेत्रलाई सरोकारवाला निकायको रुपमा नभएर साझेदार निकायकै रुपमा व्यवहार गरिने बताएका हुन् ।

    नवगठित सरकार र सरकारको एकल नेतृत्वकर्ता दलको प्राथमिकतामा ऊर्जालाई निकै ठूलो महत्व दिइएकोले आगामी बजेटबाट केही राम्रा कार्यक्रम लागू गरिने पनि उनले बताए ।

    व्यक्तिले सिस्टम र संस्था चलाउने नभएर, सिस्टमले नै व्यक्ति र संस्था चलाउने गरि सुधारका काम गर्न चाहेको भन्दै मन्त्री श्रेष्ठले रिसर्च एण्ड डेभलपमेन्ट (आर एण्ड डी) नीति लागू गर्ने बताए ।

    हिजोका दिनमा सरकारले मात्र विद्युत उत्पादन गर्दा कति बिजुली उत्पादन भएको थियो भन्ने कुरा तथ्याङ्कले पुष्टी गरिसकको भन्दै उनले अब एउटामात्र खरिदकर्ताले राज्य र निजी क्षेत्रको मर्मअनुसार काम गर्न सम्भव नभएकोले मल्टिपल बायरको पक्षमा आफू रहेको उनले स्पष्ट पारे ।
    जलविद्युत आयोजनासँगै प्रसारणलाइन निर्माणमा समेत स्थानीयको अवरोध आउनुमा जनचेतनाको कमी पनि एउटा कारण भएकोले सरकार र निजी क्षेत्र मिलेर जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । ऊर्जा पूर्वाधार समयमै बनेन भने उद्योगी मात्रै नभएर हाम्रो देश पनि बुब्छ भन्ने कुरा बुझाउनु पर्ने र पब्लिक सँग अझ घनिभुत सम्बन्ध बनाएर अघि बढ्नको लागि राज्यका तर्फबाट के कस्तो नीति आवश्यक पर्छ त्यसमा सहयोग रहने पनि मन्त्री श्रेष्ठले बताए ।

    इप्पानका अध्यक्ष गणेश कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार रहेकोले उसको वाचापत्रमा उल्लेखित कुरा र १०० बुँदे कार्ययोजना अनुसार सरकारले १ महिना, ३ महिना, ६ महिना र एक वर्षभित्र गर्नुपर्ने कार्यहरु छुट्याएर ऊर्जा क्षेत्रमा रहेका सबै समस्याको समाधान गर्ने अपेक्षा गरेको बताए ।

    नीतिगत समस्या एकातिर र प्रक्रियागत समस्या एकातिर छुट्ट्याएर काम गर्ने हो भने ३ महिनामै नतिजा दिन सकिने पनि कार्कीले बताए ।
    निजी क्षेत्रलाई सहजीकरण गर्न भनी स्थापना भएका संस्थाहरु निजी क्षेत्रलाई नै दुख दिएर रमाउन थालेकोमा आपत्ति जनाउँदै अध्यक्ष कार्कीले नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, विद्युत नियमन आयोग लगायतका संस्थाले दोहोरो नियमन र दोहोरो जरिवाना गरेर रमाउने कुरा तुरुन्तै अन्त्य हुनुपर्ने बताए ।

    ’प्रोजेक्टले लाभांश दिएन भनेर यत्रो हेडलाईनमा समाचार आउँछन्, तर सरकारले प्रसारणलाइन नबनाएर वा बिजुली नकिनेर कम्पनीले लाभांस दिन नसकेको कुरा आउँदैन वा जानाजान लुकाइन्छ,’ अध्यक्ष कार्कीले भने, ‘कन्टिनजेन्सी व्यवस्था नहटाएमा कम्पनीले लाभांस दिने क्षमता नरहने र उद्यमी नै सडकमा पुग्ने अवस्था आउनसक्छ ।’

    २०७७ सालमा भएको इआईएको अहिलेसम्म रुख कटान अनुमति नपाएको तर, विद्युत प्राधिकरणले भने आरसीओडी म्याद थप गर्न नै नमानेको प्रसंग निकाल्दै अध्यक्ष कार्कीले मन्त्री श्रेष्ठलाई सोधे, ‘यसमा गलती प्रवद्र्धकको भयो कि राज्यको ? राज्यका कारण ढिलो भएको हो भने आरसीओडी किन थप नगर्ने ? जरिवाना माथि जरिवाना, हरेक पाइला पाइलामा जरिवाना गर्ने कुराले निजी क्षेत्र आतंकित भएको छ, निराश भएको छ ।’

    उनले कतिपय आयोजनाले बत्ति बलिसकेपछि एनइएले बिजुली किन्दिन भनेर दादागिरी देखाएको पनि आरोप लगाए ।

    त्यस्तै स्थानीयलाई सेयर दिनुपर्ने कुरा कानुनमै व्यवस्था भएपनि, धितोपत्र बोर्डले अनुमति नदिँदा स्थानीयले दुख दिएको वारे पनि अध्यक्ष कार्कीले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

    त्यस्तै सिडिएससीले दोहोरो आइजिनको कुरा निकालेर १४ महिनादेखि संस्थापक सेयर सूचीकृत नगर्दा २२ कम्पनीका लगानीकर्ता निकै मर्कामा परेको पनि अध्यक्ष कार्कीले बताए ।

    सर्वोच्च अदालतले निकुञ्ज क्षेत्रमा काम गर्न नपाउने आदेश दिँदा २० हजार मेगावाटका आयोजना बन्न नसक्ने अवस्था आएको भन्दै सरकारले निकुञ्जको क्षेत्र घटाएर भए पनि आयोजना बन्ने वातावरण बनाउनेतर्फ लाग्नु पर्ने पनि अध्यक्ष कार्कीले बताए ।

    इप्पानका उपमहासचिव प्रकाश दुलालले लाइनसेन्को अवधि ५० वर्ष बनाउने, उत्पादित विद्युतको बजार खोज्ने, आरसीओडी म्याद थप गर्ने, पीपीए गर्ने र रुख कटान अनुमति नपाएर रोकिएका पाचासौ आयोजनाको फाइल अघि बढाउन सरकारले ६ महिना कुर्नु नपर्ने बताए ।
    त्यस्तै जलविद्युत आयोजना सञ्चालन गर्ने उद्योगलाई लाइसेन्स अवधिभर नविकरण गर्न नपर्ने व्यवस्था गर्ने, आईपीओ जारी हुने वातावरण बनाउने र दोहोरो आइजिनको विवाद समाधान गर्न पनि सरकारले समयसिमा कुर्नु नपर्ने दुललाको भनाई थियो ।

    इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंले नीतिगत र प्रक्रिया गत समस्या छुटाएर समाधान गर्नतिर लाग्नुपर्ने बताए । उनले सरकारसँग पैसा नभएका कारण थप प्रसारणलाइन बनाउन नसक्ने भएकाले निजी क्षेत्रलाई जिम्मा दिने हो भने ३ वर्षमा सबै प्रसारण लाइन बनाउन सकिने गुरागाईंले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

    नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

    स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

    ‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक…

    भारत–चीन जोड्ने कर्णाली करिडोर : व्यापार, पर्यटन जलविद्युतको…

    नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

    इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

    जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको…

    आज देशभर साधारणतया बादल लाग्ने

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो…

    एनपीएल उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

    आर्थिक

    कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

    एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता

    ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑