सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् ।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् ।
एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
सपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा