सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै सेतोपाटी सञ्चार प्रालि लाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
सोमबार बसेको आयोगको बैठकले सेतोपाटीले निर्वाचनसम्बन्धी विश्लेषणात्मक सामग्री प्रकाशन गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो। आयोगका अनुसार उक्त सामग्रीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त) तथा दफा २५ को उपदफा (१) का खण्ड (ख), (च) र (छ) उल्लंघन गरेको ठहर गरिएको छ।
आयोगले तोकिएको जरिवाना १५ दिनभित्र बुझाउन सेतोपाटीलाई निर्देशन दिएको छ।
यसअघि आयोग र प्रेस काउन्सिल नेपाल ले स्पष्टीकरण सोधेपछि कारबाही प्रक्रिया रोक्न माग गर्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकाल ले फागुन १४ गते सर्वोच्च अदालत मा रिट दायर गरेका थिए।
निर्वाचन आयोग र प्रेस काउन्सिललाई विपक्षी बनाउँदै दायर गरिएको उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा