सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् ।
पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन् ।
रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत गणना समापन भइसकेको छ ।
‘८ नं वडाको मत गणना सुरु भएको छ । रास्वपाका पाण्डेको हाल ९ हजार २३ र कुलमान ५ हजार ३८७ मत प्राप्त भएको छ । कांग्रेस तेस्रो स्थानमा एमाले चौथो स्थानमा यी दुई पार्टीको मत २ हजार माथि मत प्राप्त गरेका छन्,’ उनले भने ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा