सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज प्रतितोला सुन ९ हजार २०० रुपैयाँले र चाँदी ३२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको छ।
यसअघि गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। मङ्गलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ तथा चाँदी ५ हजार ८८० रुपैयाँ रहेको थियो।
त्यसैगरी, गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९६० अमेरिकी डलर र चाँदी ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा