• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  कला/मनोरञ्जन

    वर्दीबाट विश्वमञ्चसम्म पुगेको स्वर अकालमै अस्तायो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष २७, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९८ पटक पढिएको
  • काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ का विजेता, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीबीच रहेनन् । ४३ वर्षको उमेरमा आइतबार बिहान भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको खबरले सम्पूर्ण नेपालीभाषी संसार शोकमा डुबेको छ ।

    दार्जिलिङका पहाडबाट उदाएका प्रशान्त केवल एक गायक वा अभिनेता मात्र थिएनन्, उनी संघर्ष, आत्मसम्मान र पहिचानको प्रतीक थिए । सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका उनी नेपाली मूलका परिवारका सन्तान थिए ।

    सानै उमेरमा बुबा मदन तामाङलाई दुर्घटनामा गुमाएपछि जीवनले उनलाई चाँडै जिम्मेवार बनायो । पढाइ छोडेर परिवारको भार बोक्दै उनले जीवनको कठोर यथार्थसँग सम्झौता गर्न सिके ।

    संगीतको दुनियाँमा पाइला टेक्नुअघि प्रशान्त कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा कार्यरत थिए । प्रहरीको वर्दीमै इन्डियन आइडलको मञ्चमा उभिँदा उनले केवल गीत मात्र गाएनन्, आफ्नो पीडा, सपना र आशा पनि गाए ।

    उनको सरल व्यक्तित्व, भावनाले भरिएको स्वर र अथक मेहनतले दार्जिलिङ, सिक्किम, नेपाल र भारतभरिका नेपालीभाषी दर्शकहरूको मन जित्यो । अन्ततः उनी इन्डियन आइडल सिजन–३ का विजेता बने । यो जित केवल व्यक्तिगत उपलब्धि थिएन, सम्पूर्ण गोरखा समुदायको गौरव थियो ।

    इन्डियन आइडलपछि प्रशान्तले नेपाली, हिन्दी तथा अन्य भाषामा थुप्रै गीतहरू गाए । उनका गीतहरूमा जीवनका अनुभूति, पीडा र सरल भावनाको सुगन्ध पाइन्थ्यो । गायनसँगै उनले नेपाली चलचित्र क्षेत्रमा पनि आफूलाई स्थापित गरे । गोर्खा पल्टन, अङ्गालो यो मायाको जस्ता चलचित्रमा उनको स्वाभाविक अभिनयले दर्शकको मन छोयो ।

    कलामात्र होइन, समाजप्रतिको जिम्मेवारीमा पनि उनी सदैव सक्रिय रहे । विभिन्न कन्सर्ट र सामाजिक अभियानमार्फत उनी मानिसहरूसँग जोडिइरहे । सन् २०२१ मा आमालाई कोभिड–१९ का कारण गुमाउँदा उनी गहिरो शोकमा परे, तर पीडालाई शक्तिमा बदल्दै उनले आफ्नो कर्मयात्रा रोक्न दिएनन् । दुर्भाग्यवश, आइतबार उनी स्वयं असामयिक रूपमा यो संसारबाट विदा भए ।

    प्रशान्तको योगदान गोर्खा समुदायका लागि ऐतिहासिक रह्यो । इन्डियन आइडल जितमार्फत उनले दार्जिलिङ, तराई, डुवर्स, सिक्किम, उत्तर–पूर्व भारत, नेपाल र विश्वभर छरिएका गोरखाहरूमा एकता, आत्मगौरव र पहिचानको भावना जगाए । उनको सफलताले सांस्कृतिक उपहासविरुद्ध आवाज उठाउन साहस दियो र ‘हामी पनि सक्छौं’ भन्ने विश्वास बलियो बनायो ।

    उनको निधनप्रति कलाकारहरूबाट भावुक श्रद्धाञ्जली आइरहेका छन् । गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएनछ । उफ ! वैकुण्ठमा वास होस्।’

    यसैगरी संगीतकार अर्जुन पोखरेलले दुःख व्यक्त गर्दै लेखेका छन्, ‘नेपाली मन–मुटुमा बस्न सफल इन्डियन आइडल हामी माझ रहेनन् भन्ने खबरले मन भारी भयो। यो खबर असत्य होस् जस्तो लागिरहेछ । आत्माको चिरशान्तिको कामना ।’

    यसैगरी गायिका आस्था राउतले भिडियो सेयर गर्दै लेखेकी छन्, ‘अनन्त शान्तिमा विश्राम प्यारो प्रशान्त तामाङ दादा । सबै नेपालीभाषी नेपाली जातिका लागि यो ठूलो क्षति हो । विश्वास गर्नै सक्दिन कि दादा अब छैनन् । उहाँ शान्त स्वभावका, हास्यभाव भएका व्यक्ति हुनुहुन्थ्यो र सधैं नेपालप्रति चिन्तित रहनुहुन्थ्यो ।’

    प्रशान्त अब शारीरिक रूपमा हामीसँग छैनन् । तर उनको स्वर, संघर्षको कथा र गोरखा समुदायलाई दिएको आत्मसम्मान सधैं जीवित रहनेछ ।
    उनी केवल एक कलाकार होइनन् आशा, पहिचान र प्रेरणाको नाम हुन्, जो समय बिते पनि सधैं सम्झनामा रहिरहने छन् । गायक तथा अभिनेता तामाङको यो असामयिक निधनले उनको परिवार, प्रशंसकहरू र गीत संगीत क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह

    शुभेच्छालाई मिसेस नोबेल नेपाल २०२६ को ताज

    नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

    सेजलले इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

    अभिनेत्री नीति शाहले गरिन् विवाह

    चलचित्र ‘पाँच पाण्डव’ डल्बी एट्मस साउन्डमा हेर्न र सुन्न पाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑