• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

      जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

      सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

      सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

      राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

      मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प

    होमपेज /  आर्थिक

    २७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष १६, बुधबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८६ पटक पढिएको
  • काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो ।

    ]बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै सन् २०२६ लाई केन्द्रमा राखेर विशेष रणनीति सार्वजनिक गरे । उनका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जसले यो क्षेत्र नेपालका लागि महत्वपूर्ण र दिगो बजार रहेको पुष्टि गर्छ ।

    “बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको सशक्त पहिचान बनाइनेछ,” सीईओ जोशीले बताए ।

    कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए ।

    सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, र २० भन्दा बढी माइस (ःक्ष्ऋभ्) कार्यक्रम सम्पन्न भएका छन् ।

    जेन्जी आन्दोलनपछिको अवधिमा बोर्डले आठ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवद्र्धन गरेको, नौ भाषामा यात्रा सूचना प्रकाशन गरेको तथा ६९ वटा पर्यटन पूर्वाधार विकासका काम अघि बढाएको जानकारी पनि उनले दिए । साथै, पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा प्रवद्र्धन तथा विकास कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

    “पर्यटन केवल एउटा कोर सेक्टर मात्र होइन, बहु–क्रस सेक्टर क्षेत्र हो,” जोशीले उल्लेख गर्दै सन् २०२५ मा विभिन्न क्षेत्रमा २ हजार ६ सय पेशागत जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिए । सस्टेनेबल टुरिजम परियोजनाअन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर सुधार, रोजगारी र बजार सिर्जनामा काम भइरहेको उनले बताए ।

    एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख पर्यटन यात्रा प्रवृत्तिसमेत सार्वजनिक गरेको छ । ती प्रवृत्तिमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।

    आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय तथा वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउँदै उच्च मूल्य पर्यटनमा केन्द्रित हुने रणनीति स्पष्ट गरे ।

    बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नतिजामुखी कार्यशैली अवलम्बन गरिएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाइएको बताए । बोर्ड कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्तिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वल्र्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजमका तर्फबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो । अवसरमा नेपाल पर्यटन बोर्डको वार्षिक प्रकाशन ‘इन–फोकस’ पनि विमोचन गरिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑