सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २८ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारीलाई संस्थाको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।
संस्थाले भण्डारी सार्वजनिक पदमा पुगेपछि पछिल्लो समय विभिन्न विवादमा तानिएको भन्दै उनलाई साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमितिका एक सदस्यका अनुसार यो निर्णय तत्काल लागू हुने गरी गरिएको हो।
ती सदस्यका अनुसार विवादमा नाम जोडिएपछि भण्डारीलाई पटक–पटक संस्थाबाट राजीनामा दिन आग्रह गरिएको थियो। तर, उनले उक्त आग्रहलाई बेवास्ता गरेपछि अन्ततः निलम्बनको निर्णय लिनुपरेको बताइएको छ।
वरिष्ठ अधिवक्तासमेत रहेकी महान्यायाधिवक्ता भण्डारी यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्य थिइन्। उनी यसअघि पटक–पटक संस्थाको कार्यसमितिमा रहेरसमेत काम गरिसकेकी थिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा