सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।
लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् ।
साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।
यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।
त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्न सफल भए । उनले पनि पल्सर बाइक पुरस्कार हासिल गरे ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा