सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले आज पुनः पदबहाली गरेका छन्। उनले बुधबार बिहान प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित हुँदै कार्यकारी निर्देशकको औपचारिक जिम्मेवारी सम्हालेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएका थिए। पदमुक्त भएपछि शाक्यले आफूलाई पुनर्बहाली गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारले गरेको शाक्य पदमुक्त गर्ने निर्णय कानूनी रूपमा अमान्य ठहर गर्दै बदर गरेको थियो। अदालतको आदेशमा शाक्यलाई पदमुक्त गर्न उचित कारण प्रस्तुत नभएको उल्लेख गरिएको थियो।
परमादेश सार्वजनिक भएको दुई दिनमै शाक्य कार्यालय पुगेपछि अहिले प्राधिकरणमा नयाँ प्रशासनिक गतिविधि पुनः सक्रिय बनेको छ। अदालतको फैसला कार्यान्वयनसँगै शाक्य फेरि कार्यकारी निर्देशकका रूपमा काममा फर्किएका हुन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा