सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
थुनछेक बहस सकिएपछि विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी तिर्नुपर्ने आदेश दिएको हो।
तर, अधिकारी भने थुनामै रहने छन्। यसअघि भक्तपुर नलिन्चोकस्थित हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिसकेकाले अहिले मागिएको धरौटी तिरे पनि उनी थुनाबाहिर नआउनेछन्।
उता, क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग विशेष अदालतले १ लाख रुपैयाँ धरौटी मागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठेक्का प्रक्रियादेखि निर्माणसम्मकै चरणमा अनियमितता भएको आरोपसहित प्रदीप अधिकारीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
अदालतको निर्णयपछि अब मुद्दाको औपचारिक सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा