सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याललाई बयानका लागि बोलाएको छ। आयोगका प्रवक्ता तथा पूर्व एआइजी विज्ञानराज शर्माका अनुसार मंगलबार आयोगमा उपस्थित भएर अर्यालले आफ्नो पक्ष राख्नेछन्।
आन्दोलनका समयमा सुरक्षा निकायहरूको निर्देशन, परिचालन र जिम्मेवारीबारे स्पष्टता ल्याउने उद्देश्यसहित आयोगले पछिल्लो एक सातादेखि विभिन्न अधिकारीहरूको बयान लिइरहेको छ। यसअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी विश्व अधिकारीको बयान सकिएको छ।
अर्यालको बयानपछि अब नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई आयोगले चाँडै नै बोलाउने तयारी गरेको छ। सोपछाडि गृह मन्त्रालयका अधिकारीहरूदेखि लिएर राजनीतिक तहसम्म बयान प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
आयोग राजनीतिक नेतृत्वको भूमिका के कस्तो थियो भन्नेबारे निष्कर्षमा पुग्ने काम अन्तिम चरणमा पुगेको बताइन्छ। त्यसैअनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान पनि अन्तिम चरणमा राखिएको छ।
यसअघि आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, डिआइजी ओम राना तथा आन्दोलनका दिन फिल्डमा खटिएका दर्जनौँ प्रहरी अधिकारीहरूको बयान लिइसकेको छ।
जेनजी आन्दोलनका घटनाको कारण, जिम्मेवारी र निर्णय प्रक्रिया कत्तिको सही वा त्रुटिपूर्ण भयो भन्नेबारे आयोगले विस्तृत प्रतिवेदन तयार गर्दैछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा