सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेनजी आन्दोलनमा मारिएका मध्ये शहीद सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालय (जिप्रका) मा राख्न गृह मन्त्रालयले पत्राचार गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २०७९ भदौ २३ र २४ मा भएका जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका व्यक्तिहरूका नामावली देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको जनाएको छ।
मन्त्रालयले सबै सिडिओ कार्यालयहरूलाई पत्र पठाई ती नाम ३ दिनभित्र कार्यालय परिसरमा टाँस्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका अनुसार शहीदहरूका नाम ‘जेनजी सुशासन योद्धा’ का रूपमा जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आधिकारिक रूपमा झुण्ड्याइनेछ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा