सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै नयाँ सुरक्षा विशेषतासहितको नोट वितरणमा आएको जानकारी दिएको हो।
साबिककै आकार र रङमा बनेको यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश उल्लेख गरिएको छ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानी छाप राखिएको छ। नयाँ नोटमा अत्याधुनिक सुरक्षाका तत्व समेत समावेश गरिएका छन्, जसले नक्कली नोट पहिचान गर्न झनै सजिलो हुने बैंकले जनाएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा