सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । देशभर बढ्दै गएको सुरक्षा संवेदनशीलता र आगामी निर्वाचन प्रभावित हुन सक्ने चिन्ताबीच प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार दिउँसो आकस्मिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा दिउँसो साढे २ बजेबाट सुरु भएको हो।
बैठकमा पछिल्ला घटनाक्रम, देशको समग्र सुरक्षा अवस्था, चुनाव सुरक्षा तयारी तथा एन्त्रिक संयन्त्रहरूको क्षमता र समन्वयबारे विस्तृत समीक्षा भइरहेको जनाइएको छ।
बाराको सिमरामा बुधबारदेखि जेनजी समूह र एमाले–निकट युवा संघबीच चर्किएको झडपपछि क्षेत्र तनावपूर्ण बनेको छ। बुधबार रातिदेखि जारी कर्फ्यू बिहीबार बिहान आन्दोलन चर्किएपछि साँझ ८ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासनले जनाएको छ। जेनजी समूहले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न दबाब दिइरहेको छ।
सिमरा घटनाले राजनीतिक दलहरूले उठाइरहेका शान्ति–सुरक्षा, स्थिरता र निर्वाचनको वातावरणबारे प्रश्नलाई थप गम्भीर बनाएको छ। यस्तै संवेदनशील परिस्थितिमा कर्फ्यू लगाउनुपर्ने अवस्था आएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा निकायहरूको तयारी र तत्कालीन रणनीति पुनः मूल्यांकन गर्न परिषद् बैठक बोलाएको स्रोतले जनाएको छ।
यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा सरोकारमा प्रारम्भिक समीक्षा बैठक बसेको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा