• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

      रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

      रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

      बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

    होमपेज /  राजनीती

    सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १०, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

    थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका थिए । सोही विषयलाई लिएर नेता शाहीले लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् ।

    शाहीले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देशभरिका शुभचिन्तक र समर्थकहरुलाइ स्तब्ध र दुखित तुल्याएको बताएका छन् ।

    शाहीले भने,‘ गगन थापाजीले झापामा भाषण गर्दै क्रियाशील सदस्यता पहिला नै नवीकरण गरिसकेका तर अहिले पुनः दबाबमा अद्यावधिक नगरेका हजारौ साथीहरू कोही पनि कांग्रेस पार्टीको सदस्य नरहेको घोषणा गर्नु भएछ । अद्यावधिक नगरेका साथीहरूको नाम अब वडा अधिवेशनका क्रममा आउँदैन, सिस्टमले नै चिन्दैन । त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औं महाधिवेशनमा भाग लिन नपाउने प्रतिबन्ध लगाउनु भएछ।

    अहिले पार्टीमा हालिमुहाली र चुरिफुरि भएका भन्दा अझै बढी नेपाली कांग्रेसमा योगदान गरेका, लामो समय आफ्नो उर्जा र जीवन समर्पण गरेका, रगत र पसिना बगाएका तमाम पार्टीका नेता कार्यकर्ताहरुको सदस्यता खारेज गर्नु भनेको लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास हो,’ उनले अगाडि भने,‘अहिले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा हामीले पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देसभरिका शुभचिन्तक र समर्थकहरुलाइ स्तब्ध र दुखित तुल्याएको छ ।’

    ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास बन्ने होइन। आफ्नो स्वविवेक, विचार र अधिकारसहित बोल्न, लड्न र फरक विचार राख्न आउनु हाम्रो लोकतान्त्रिक अधिकार हो,’ शाहीले भने ।

    पार्टीमा दबाबमा परेर सदस्यता अद्यावधिक नगरेका कारण कांग्रेस पार्टीको सदस्यता खारेजीमा पर्नु भएका, अन्यायमा परेका, पेलिएका, हेपिएका र निराश बन्नुभएका साथीहरूलाई आफूलाई फोन गर्नपनि शाहीले आग्रह गरेका छन् ।

    ‘राजनीतिमा यस्तो अप्ठेरो क्षण आउँछन्, जान्छन्। हामी डराउनुपर्ने, हताश हुनुपर्ने र आत्तिहाल्नु पर्ने हुँदैन। यंिहभित्र अझै पनि सम्भावनाको खोजी गर्न सकिन्छ। आउनुहोस् मिलेर अगाडि बढौं। हामी मिलेर अगाडि बढ्दा के सम्भव छैन ? नयाँ इतिहास निर्माण गर्न धैर्यता, आट, हिम्मत र साहस चाहिन्छ। तपाईं युवाहरूको भविष्यको लागि म जुनसुकै मूल्य चुकाउन तयार छु। तर अब निराश भएर अरू पार्टीमा प्रवेश गर्ने होइन, अब नयाँ ऊर्जा, थप जागरूकता र बलियो साहस बोकेर अगाडि बढौं,’ शाहीले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् ।

    नेता शाहीले पार्टीका नेताहरुलाई भगवान नबनाउन र प्रश्न गर्न आग्रह समेत गरे । ‘अरूलाई अर्ती दिन सजिलो छ । पार्टीमा नेतालाइ भगवान नबनाउ, नेतालाइ प्रश्न गर । तर आफ्नो पार्टीमा आफुलाइ भगवान नमान्नेलाई कारवाहीको डन्डा चलाउने, नेतृवलाई प्रश्न गर्ने र फरक मत राख्नेलाइ अब पार्टीले नचिन्ने र सदस्यता खारेज गरिदिने धम्की दिनु अनि लोकतान्त्रिक पार्टीमा फरक विचार राख्नेलाइ भक्तजन र हनुमानबाट गालीको बर्षा ?’ उनले अगाडि भनेका छन्,‘पार्टीमा फरक मत राख्नु, फरक विचार राख्नु, आफ्नो अडान राख्नु लोकतान्त्रिक अधिकार हो। फरक मतलाई सम्मान गर्नुको साटो निषेध गर्न खोज्नु निरंकुश र अलोकतान्त्रिक चरित्र हो।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

    प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

    रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

    रास्वापाले स्वच्छ प्रतिस्पर्धा नै गर्यो, राती १२ बजेवाट मतदान सुरु

    रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

    ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र…

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने…

    १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑