• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर

      अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

      अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा सुजित श्रेष्ठको उम्मेदवारी 

      हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर

      फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश 

      रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

      मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

      फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

      फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 

      भरतपुरमा रास्वपाको महाधिवेशन जारी, केन्द्रीय सदस्यका उम्मेदवारहरू मत माग्दै 

      रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

      सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    होमपेज /  समाचार

    अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १०, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ ।

    कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले । यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी ।

    पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ । पहिले बाँझो रहेका खेतबारीहरू अहिले रातो खुर्सानीले रंगिएका छन् । कतिपय ठाउँमा त लहरै रोपिएका बोटहरूले गाउँ नै हरियो टनेलजस्तो देखिन थालेको छ ।

    परम्परागत खेतीबाट खासै आम्दानी नहुने, मकै–धान जस्ता बाली जंगली जनावरको समस्याले नष्ट हुने अवस्थाबीच किसानहरूले विकल्प खोजिरहेका थिए । त्यही विकल्प बनेको हो—अकबरे खुर्सानी ।

    यस परिवर्तनको नेतृत्वकर्ता मानिन्छन् जीवन राउत । कोभिडअघि ट्राभल व्यवसायमा सक्रिय राउत महामारीपछि गाउँ फर्किए । गाउँको अवस्था देखेपछि उनले परम्परागत खेतीभन्दा छिटो आम्दानी दिने नगदेबालीको खोजी थाले । गाउँलेसँग छलफलपछि उनले अकबरे खुर्सानीलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि सारे । सुरुवातमा धेरै किसान हिच्किचाए पनि उनले आश्वासन दिए ।

    ‘तपाईँहरू जति उत्पादन गर्न सक्नुहुन्छ गर्नुहोस्, बजारको जिम्मा मेरो हुन्छ ।’त्यही विश्वासले गाउँमा परिवर्तन प्रारम्भ भयो । केही किसानले प्रारम्भ गरेको खेती विस्तारै सामूहिक अभियानजस्तै बन्यो ।

    किसानहरूका अनुसार अकबरे खुर्सानीले छोटो समयमै आम्दानी दिन थालेको छ । तीन महिनामै बिक्रीयोग्य उत्पादन हुने भएकाले यो खेती गाउँलेको प्रमुख नगदेबाली बनेको छ । पहिले मकै–कोदोले मुस्किलले घर–खर्च धान्ने जमिनबाट अहिले लाखौँ रुपैयाँको उत्पादन हुन थालेको छ । धेरै परिवारले आफ्नै खेतबारीमा अकबरे लगाएर नियमित आम्दानी लिन थालेका छन् ।

    राउत आफैँ पनि जेबी एग्रो फर्ममार्फत उत्पादन तथा बजारीकरणमा सक्रिय छन् । गाउँलेलाई बीउदेखि बजारसम्म सहयोग गर्ने प्रणालीले खेती विस्तारलाई सहज बनाएको छ ।

    भोजपुर अकबरेको नयाँ पहिचान

    अकबरे खुर्सानी विस्तारसँगै भोजपुरले नयाँ पहिचान बनाउन थालेको छ । पहिलेदेखि खुकुरीको लागि चिनिने जिल्ला अब ‘अकबरे हब’ का रूपमा चिनिन थालेको छ । पौवादुङ्मा गाउँपालिकाका सबै वडामा व्यावसायिक खेती भइरहेको छ भने अरुण तथा भोजपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पनि उत्पादन विस्तार भएको छ । करिब ३ हजार ५ सयभन्दा बढी परिवार कुनै न कुनै रूपमा अकबरे खेतीमा जोडिएका छन् ।

    कतिपय किसानले १०० रोपनीसम्म जग्गामा व्यावसायिक खेती गरेका छन् । जिल्लाबाट वार्षिक करिब २५० देखि ३०० टन अकबरे उत्पादन हुने अनुमान छ । भोजपुरको अकबरे अहिले देशका ठूला चाउचाउ उद्योगदेखि अचार उद्योगसम्म पुग्ने गरेको छ । वाइवाइ डाइनामाइट, करेन्ट नुडल्स लगायत उद्योगहरूले यसको प्रयोग गर्छन् ।

    तर उत्पादन बढेसँगै मूल्य घटेको छ । पहिले प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरे अहिले १५० देखि १६० रुपैयाँमा झरेको छ । किसानका लागि आम्दानी स्थिर भए पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । ढुवानी खर्च, बजार पहुँच र भण्डारणको अभाव अझै ठूलो चुनौती बनेको छ ।

    गाउँमै उद्योग तथा कोल्ड स्टोरको आवश्यकता

    जीवन राउत अब गाउँमै पाउडर उद्योग तथा कोल्ड स्टोर स्थापना गर्ने योजनामा छन् । उनका अनुसार उत्पादन प्रशोधन गर्न सके अकबरेको मूल्य स्थिर राख्न सकिन्छ र विदेश निर्यातसमेत सहज हुन्छ ।

    ‘भदौ–असोजमा उत्पादन हुने खुर्सानी पुस–माघमा बेच्न सके किसानले राम्रो फाइदा लिन सक्छन्,’ उनी भन्छन् । उनको योजना अनुसार पाउडर उद्योग स्थापना भएमा ठूलो परिमाणमा उत्पादन भए पनि बजार अभाव हुने छैन । भोजपुरको अकबरे अघिल्ला वर्षहरूमा बेलायत, अमेरिका तथा क्यानडासम्म समेत निर्यात भएको छ । अहिले भारततर्फ पनि निर्यात प्रारम्भ भएको छ । नेपाली उद्योगहरूले यसको माग बढाउँदै लगेका छन् ।

    राउतका अनुसार अमेरिकाका केही कम्पनीहरूले समेत अकबरे खरिदका लागि चासो देखाएका छन् । केही उद्योगले त प्याकेजिङ गरेर काँचो खुर्सानी नै विदेश पठाउन थालेका छन् ।

    अकबरेपछि ड्रागन फ्रुटतर्फ विस्तार

    अकबरेको सफलतापछि राउत अब अन्य नगदेबालीतर्फ पनि अघि बढेका छन् । उनले १०० रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट खेती विस्तार गर्ने योजना बनाएका छन्, जसमा करिब २० हजार बिरुवा रोप्ने लक्ष्य छ ।

    त्यससँगै कागती, अदुवा तथा अन्य नगदेबाली पनि विस्तार गर्ने तयारी भइरहेको छ । पशुपालन तथा मल उत्पादनलाई समेत कृषि प्रणालीसँग जोड्ने उनको योजना छ ।

    अकबरे खुर्सानीले भोजपुरका गाउँहरूमा आर्थिक परिवर्तन मात्रै ल्याएको छैन, सामाजिक परिवर्तन पनि ल्याइरहेको छ। रित्तिँदै गएका गाउँहरूमा फेरि युवाहरूको चहलपहल बढेको छ, परिवारहरू एकै ठाउँमा बस्न थालेका छन् र बाँझो जमिन फेरि जीवन्त बनेको छ ।

    विदेशिने बाध्यता र बसाइसराइको दबाबबीच भोजपुरले देखाएको यो कृषि मोडेल अब अन्य जिल्लाका लागि पनि उदाहरण बन्न थालेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै

    मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर

    नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

    अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

    आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास…

    मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग…

    अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको…

    अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑