सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली लोकसंगीतकी चर्चित गायिका सुनिता दुलाल आगामी मंसिर १३ गते वैवाहिक जीवनमा प्रवेश गर्दैछिन्। लोकदोहोरी, तीज गीत तथा आधुनिक लोकशैलीका गीतमार्फत घर–घरमा परिचित दुलाल केही समयदेखि विवाहका विषयमा चर्चामा थिइन्। अब भने उनले आफ्नो प्रेमसम्बन्धलाई वैवाहिक बन्धनमा रूपान्तरण गर्ने तय भएको छ।
दुलालले रुकुम पश्चिमका राजेश केसीसँग विवाह गर्न लागेकी हुन्। केसी केही वर्षयता काठमाडौंमा बस्दै आएका छन्। उनी नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका कारण राजनीतिक क्षेत्रमा पनि परिचित नाम हुन्। पछिल्ला वर्ष उनी निर्माण व्यवसायमा सक्रिय छन्।
दुवैबीच करिब ४ देखि ५ वर्षसम्म प्रेम सम्बन्ध रहेको पारिवारिक स्रोतले बताएको छ। सार्वजनिक रुपमा भने उनीहरूले आफ्नो सम्बन्धबारे खुलेर बोल्दै आएका थिएनन्। पारिवारिक सहमति तथा दुवैको इच्छा मिलेर विवाह मिति तय गरिएको बताइएको छ।
सुनिता दुलाल मूल घर सिन्धुपाल्चोक भए पनि हाल भक्तपुरमा बस्दै आएकी छिन्। संगीत क्षेत्रमा विपुल योगदान दिएकी दुलाल ‘तीज क्विन’ का नामले पनि चिनिन्छिन्। उनका तीजका गीतहरू देश–विदेशमा अत्यधिक लोकप्रिय छन्।
विवाहसम्बन्धी सबै तयारी पूरा भएको र मंसिर १३ गते नै विवाह तथा वैवाहिक भोज दुवै कार्यक्रम आयोजना हुने पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौंको एक प्रतिष्ठित होटलमा दम्पतीले परिवार, नातेदार र साथीभाइको उपस्थितिमा भोज गर्ने तयारी मिलाएको बुझिन्छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा