सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीले सुरु गरेको जनप्रदर्शन नरोकिने चेतावनी दिएका छन्। आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै उनले आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने बताएका हुन्।
ओलीले भने, “हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ।” उनका अनुसार वर्तमान सरकारले न जनप्रतिनिधिप्रति न संविधानप्रतिको कुनै उत्तरदायित्व बोध गरेको छ। उनले सरकारलाई असंवैधानिक भन्दै आलोचना गर्दै भने, “यो असंवैधानिक सरकार हो, कसैप्रति उत्तरदायी छैन, यसलाई कसैले चिन्दैन, त्यसैले यस्तो सरकार हट्नुपर्छ।”
प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सुरु गरिएको आन्दोलन निरन्तर जारी रहने बताउँदै ओलीले भने, “प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म यो आन्दोलन रोकिन्न, अझ फैलिँदै जान्छ।”
अध्यक्ष ओलीले एमाले कुनै पनि अवस्थामा चुनावबाट भाग्दैन भन्ने स्पष्ट पारे। तर, अहिलेको “अवैधानिक सरकार”लाई चुनाव गराउने अधिकार नै नभएको जिकिर गर्दै उनले विघटित प्रतिनिधि सभा शीघ्र पुनर्स्थापित हुनुपर्ने माग दोहोर्याए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा