सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं — भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगले हालै सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, खापुङले आयोगमा कुनै पनि समयमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको हो। साथै, आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।
प्रवक्ता शर्माले भने, “खापुङलाई आवश्यक परेमा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले यो निर्णय तत्काल प्रभावबाट लागु हुने गरी गरिएको हो।”
आयोगले भदौ २३ र २४ का घटनामा भएको क्षतिको विवरण अझै नपठाएका सम्बन्धित निकायलाई इमेल वा कार्यालयमा प्रत्यक्ष बुझाउन समेत आग्रह गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा