सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २३ गतेको घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “धरहरा मैले बनाएको भन्ने, तर गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन।”
उनले सो दिन भएको हत्या, विध्वंश, लुटपाट र आगजनीबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै भने, “जसले गरेको भए पनि त्यो बेला एमालेकै सरकार थियो, त्यसैले जिम्मेवारी सरकारकै हुन्छ।”
पाण्डेका अनुसार, नेपालको आन्दोलन इतिहासमा पहिलो दिनमै १९ जनाको मृत्यु हुने गरी गोली चल्नु अत्यन्त गलत र दुःखद घटना हो। उनले उदाहरण दिँदै भने, “बंगलादेशमा समेत पहिलो दिन एक–दुई जना मात्रै मारिएका थिए, नेपालमा पहिलो दिनै यति ठूलो क्षति हुनु चिन्ताजनक छ।”
त्यसैगरी, उनले भदौ २४ गतेका हिंसात्मक घटनाहरूबारे पनि तीव्र प्रतिक्रिया व्यक्त गर्दै भने, “सिंहदरबार, सर्वोच्च अदालत वा अरू कसैको घर र सम्पत्ति जलाउने वा लुट्ने काम अक्षम्य हो। कानुनी शासनबिना देश चल्दैन।”
उपाध्यक्ष पाण्डेले घटनाबारे निष्पक्ष र छरितो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सशक्त कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा