सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल सरकारले २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट पदोन्नति भएका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले पदोन्नति भएका अधिकारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो।
दर्ज्यानी चिन्ह प्राप्त गर्ने डीआईजीहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहेका छन्।
समारोहमा बोल्दै आईजीपी खापुङले पदोन्नति प्राप्त अधिकारीहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संगठनप्रति इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक भएर काम गर्न निर्देशन दिनुभयो। उहाँले प्रहरी कमाण्डरहरूको भूमिका प्रशासनिक मात्र नभई नैतिक र रणनीतिक नेतृत्वका रूपमा हुनुपर्ने बताउँदै सूचना संकलन, विश्लेषण र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
त्यसैगरी पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट डीआईजी भूपेन्द्र बहादुर खत्रीले संगठनको भरोसा र प्रतिष्ठा कायम राख्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा