सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन्।
शपथ लिने मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
यसअघि प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको सिफारिस गरेकी थिइन्, तर खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ विवादमा परेपछि उनीहरूको शपथ रोकिएको हो। सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो। तर सुनारमाथि अदालतमा विचाराधीन मुद्दा र गिरफ्तारी पुर्जी जारी रहेको तथ्य बाहिरिएपछि उनको शपथ रोकिएको हो। श्रेष्ठको शपथ किन रोकियो भन्नेबारे भने औपचारिक कारण सार्वजनिक गरिएको छैन।
यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अहिले नौ सदस्यीय बनेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा