सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेकी चार मध्ये दुई जनाको मात्रै शपथ भएको छ।
बालुवाटार स्रोतका अनुसार डा. सुधा शर्मा गौतम, बब्लु गुप्ता, गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम सिफारिस गरिएको भए पनि अन्तिम समयमा आएर गौतम र गुप्ताको मात्रै शपथ हुने तय भएको हो।
दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारमाथि काभ्रे र सुर्खेत जिल्ला अदालतमा विचाराधीन मुद्दा रहेको र पक्राउ पुर्जी समेत जारी भएको कारण उनलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री कार्कीले अन्तिम समयमा नाम फिर्ता लिएको बताइएको छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सिफारिस गरिएका गणपतिलाल श्रेष्ठमाथि पनि विवाद बढेपछि उनको नाम अन्तिममा हटाइएको हो। श्रेष्ठमाथि न्यूरोडस्थित एक कम्प्लेक्स हत्याउन खोजेको आरोपका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठलाई ‘फण्डिङ’ गरेको आरोपसमेत लाग्दै आएको थियो।
प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुनार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा श्रेष्ठलाई जिम्मेवारी दिने तयारी गरेकी थिइन्। तर विवाद उठेपछि दुबैको नाम काटिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा