सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, आज बिहान ८:२० बजे किर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको हो।
गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोभित्रै पौडेलले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। उक्त घटनामा उनी गम्भीर रूपमा घाइते भइ उपचाररत थिइन्। चिकित्सकका अनुसार, उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो।
घटनापछि प्रहरीले गायक बाबुल भनिने धन बहादुर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार, गिरी सोही स्टुडियोका सञ्चालक पनि हुन्।
प्रहरी प्रवक्ता भट्टराईले भने, “घटनाको कारण पत्ता लगाउन स्टुडियो सञ्चालक गिरी, पीडितका परिवार, आफन्त र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ भइरहेको छ।”
घटनाको क्रममा गिरी पनि घाइते भएका थिए, उनको हात र खुट्टामा सामान्य रूपमा पोलिएको बताइएको छ।
प्रहरीले यो घटनालाई गम्भीर र संवेदनशील विषयका रूपमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा