सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका करिब दर्जनजति राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
बिहीबार सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा सो सम्बन्धमा निर्णय हुने तयारी भएको सरकारी स्रोतले जनाएको छ।
फिर्ता बोलाइने सूचीमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रुसका लागि जंगबहादुर चौहान रहेका छन्।
त्यस्तै, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल र साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल पनि फिर्ता बोलाइने तयारीमा परेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार केही राजदूतहरूलाई फिर्ता तयारीका लागि सन्देश पठाइसकिएको छ। सरकार नयाँ राजनीतिक सन्तुलनका आधारमा कूटनीतिक नियोजन पुनर्संरचना गर्ने तयारीमा रहेको बुझिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा