• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लागूऔषध सहित सात जना पक्राउ

      गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

      रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष

      अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

      फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

      शैक्षिक परामर्श व्यवसायलाई धरौटीले होइन, प्रविधि र पारदर्शी नीतिले व्यवस्थित गर्नुपर्छ : हरि कार्की

      फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

      काठमाडौंका ‘टोल टोलमा फिल्म महोत्सव’ शुक्रबारदेखि सुरु

      चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      बिवाईडी आयातकर्ता साइमेक्सले भन्सार छलेको छानबिनमा पुष्टि, कारबाहीको लागी पत्राचार

      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

      सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

      सरकारले गर्यो धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त

      यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    होमपेज /  मुख्य समाचार

    नेपालमा नोटबन्दीबारे बहस सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन २७, सोमबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३७९ पटक पढिएको
  • काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफलहरु हुन थालेका छन् । यसैबीच, देशको संघीय राजधानी काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया सम्पन्न भएको छ ।

    नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले शनिबार काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सो अन्तरक्रिया कार्यक्रममा विभिन्न अर्थ विद्, बुद्धिजीबी, युवा राजनीतिकर्मी र बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो ।

    सो कार्यक्रममा वक्ताहरुले नेपालमा नोटबन्दीबारे मिश्रित प्रतिक्रिया दिएका थिए । कतिपय अर्थविद्ले नेपालमा नोटबन्दी आवश्यकता र औचित्य दुवै रहेको तर्क गरेका थिए भने कतिपयले यो नेपालका लागि घातक हुनसक्ने भन्दै सचेत गराएका थिए ।

    सो कार्यक्रममा राष्ट्रिय पिछडावर्ग (ओबीसी) महासंघका अध्यक्ष कौशल कुमार सिंहले ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’ शीर्षकमा एउटा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले समस्या, नेपालमा नोटको अवस्था र समाधानका विषयमा विश्लेषणात्मक सुझाव प्रस्तुत गरेका थिए ।

    नेपालमा नोटबन्दीपछि उत्पन्न हुने अनेक कठिनाईका बाबजुद पनि यसले वित्तीय समावेशीकरणमार्फत सशक्तिकरणमा जाने अवसर सिर्जना गर्ने तर्क सिंहले गरेका छन् । नेपालको हकमा नोटबन्दी गर्दा अल्पकालमा धेरै चुनौती व्यहोर्नुपर्ने सम्भावना भएपनि दीर्घकालमा भने यसको सकारात्मक प्रभावबारे सहजै अनुमान गर्न सकिने उनको तर्क थियो ।

    उनले नोटबन्दी आफैमा सही वा खराबभन्दा पनि नेपालको वर्तमान अवस्थामा त्यसको सान्दर्भिकता के कति हुन सकिन्छ भन्नेबारे गम्भीर भएर विचार गर्नुपर्ने कार्यपत्रमा उल्लेख गरेका छन् ।

    कार्यक्रममा अर्थविद् प्रा.नरबहादुर थापाले नोटबन्दी नेपालको हकमा सान्दर्भिक नरहेको तर्क गरेका थिए । उनले यदि नेपालमा नोटबन्दी भयो भने हालै भएको जेन्जी आन्दोलनभन्दा पनि बढी क्षति हुने आशंका व्यक्त गरेका थिए ।

    उनले भने, ‘जेन्जी आन्दोलनले राज्यलाई परास्त ग¥यो । यदि नोटबन्दी भयो भने त्यसभन्दा पनि विकराल अवस्था आउनेछ । नोटबन्दीले समस्या समाधान हुँदैन । त्यसो भयो भने झन् भयावह अवस्था आउँछ ।’

    उनले नोटबन्दीका लागि मुलुकमा बलियो सरकार हुनुपर्ने तर्क गर्दै बलियो सरकार र त्यसका निकायहरु पनि बलियो हुनुपर्ने बताए । उनले राज्य असफल हुन थालेको र सरकार पनि बलियो नरहेको अवस्थामा नोटबन्दी उपयुक्त नहुने बताए । उनले नेपालमा बलियो सरकार र त्यसका निकायहरु बलियो नभएको अवस्थामा नोटबन्दी गर्दा ब्याकफायर हुने डर रहेको बताएका थिए ।

    यसैगरी, कार्यक्रममा सर्वोच्च अदालतका अधिवक्ता डा.जयमंगल प्रसाद जयसवालले नेपालमा नोटबन्दीबारे बहस हुनु सकारात्मक रहेको बताएका थिए । उनले नोटबन्दीबारे सूक्ष्म अनुसन्धान हुनुपर्ने बताएका थिए ।

    कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमका अध्यक्ष मधुरेन्द्र चौधरीले नेपालमा नोटबन्दी हुँदा कालो धन र भ्रष्टाचार, नक्कली नोट नियन्त्रण, मुद्रा स्फिती नियन्त्रण र नयाँ मुद्रा प्रणाली लगायतबारे आफ्नो तर्क प्रस्तुत गरेका थिए । उनले विश्वका विभिन्न मुलुकहरुमा भएका नोटबन्दी र त्यसको प्रभावबारे पनि प्रकाश पारेका थिए ।

    कार्यक्रममा विजय महासेठ, जितन यादव, दीपक गुप्ता, नरेन्द्र पासवान, प्रा.रामप्रताप यादव, पूर्वप्रहरी उपरीक्षक हजारीलाल जयसवाल, अर्थविद डा.गोपिनाथ न्यौपाने, युवा नेता महेश कलवार लगायतका व्यक्तित्वहरुले आआफ्ना तर्क प्रस्तुत गरेका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागूऔषध सहित सात जना पक्राउ

    गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

    रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया…

    अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑