सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २६ असोज । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूलाई खातामा ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा पुर्याउँदै आएको एन आई सी एशिया बैंकले सूचना आदान–प्रदानलाई अझ सहज र सुरक्षित बनाउन ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको हो।
ग्राहकहरूले आफ्नो खातामा रहेको ईमेल ठेगाना बैंकको भिडियो केवाईसी पोर्टल https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एप ‘NIC ASIA MoBank’ मा रहेको My Profile → Change Email विकल्पमार्फत् परिवर्तन गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूले आफूलाई सहज पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा गई आवेदन दिएर पनि ईमेल ठेगाना अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
बैंकले सचेत गराउँदै भनेको छ, “ईमेल ठेगाना अद्यावधिक नगरेका ग्राहकहरूले आवश्यक बैंकिङ जानकारी तथा सेवामा असुविधा पाउन सक्ने भएकाले सकेसम्म चाँडो अद्यावधिक गर्न अनुरोध गरिन्छ।”
अधिक जानकारीका लागि ग्राहकहरूले १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा