सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी भोलि बैठक निरन्तर रहने छ ।
गौतमका अनुसार बैठक आइतबार बस्ने छ। बैठक शुक्रबार पनि भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा बसेको थियो।
शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा