सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २४ । पूर्वसांसद सुमना श्रेष्ठले जेनजी आन्दोलन (Gen-Z Movement) लाई खुलेर समर्थन गरेकी छन्। उनले नेपालको राजनीतिक परिस्थितिमा देखिएको परिवर्तनको लहरलाई जनताको पक्षमा ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै “ताजा जनादेशको लागि नेपाली समाज तयार भइसकेको” दाबी गरेकी छिन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्— “केही नेताहरूले संसद पुनःस्थापनाको बहस चलाउनु जेनजी क्रान्तिको मर्म विपरित कदम हो।” उनका अनुसार यो बहसले जनआन्दोलनको भावना कमजोर बनाउने खतरा बोकेको छ।
उनी भन्छिन्, “स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरूले नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षतामाथि शंका गर्नु भनेको जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारी र कायरहरूको निकृष्ट बहाना हो।”
श्रेष्ठले थपेकी छन् कि लोकतान्त्रिक चरित्र देखाउन नसक्ने र जिम्मेवारीबाट भाग्ने प्रवृत्ति अहिले जनतासामु स्पष्ट भइसकेको छ।
उनका अनुसार, “शान्तिपूर्ण निकासको दिशामा अघि बढिरहेको नेपाली समाजलाई द्वन्द्वतर्फ धकेल्न खोज्नेहरू प्रतिक्रान्तिको तयारीमा छन्।”
श्रेष्ठले विशेषगरी एमाले र कांग्रेसभित्रका निष्ठावान युवा कार्यकर्ताहरूलाई आफ्नो नेतृत्वको स्वार्थी प्रवृत्तिविरुद्ध विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न आह्वान गरेकी छन्।
उनले अन्त्यमा लेखेकी छन्— “नेपाल र विश्वको इतिहास साक्षी छ, प्रतिक्रान्तिको नेतृत्व गर्ने तत्वहरू विरुद्ध सामान्य जनता हरेकपटक एकजुट भएर उभिएका छन्। यसपटक पनि विभाजनभन्दा माथि उठेर जनशक्ति गोलबद्ध हुनेछ।”
यस्तो छ उनको स्टाटस:
ताजा जनादेशको लागि ठूला राजनितिक दलहरुका एक खेमा सहित सम्पूर्ण नेपाली समाज तैयार भईसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरुले संसद पुनर्स्थापनाको बहस चलाउनु भाद्र २३ को युवा क्रान्तिको मर्म विपरित छ। साथै नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षता माथि शंका गर्नु, जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारि, कायर अपराधिक तत्वहरुको निकृष्ट बहाना मात्रै हुन्। आफुलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरु लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्ट सँग बुझेका छन्।
शान्तिपूर्ण निकासको लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द तिर लैजान आफ्नो भातृ संगठनहरुलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै हो। त्यसैले एमाले र काँग्रेस भित्र रहनु भएका नेपाल र नेपालीलाई माया गर्ने निष्ठावान युवा साथीहरुलाई परिस्थितिलाई जटिल हुन नदिन नेतृत्व सँग विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न अपील गर्दछु।
नेपाल र विश्वको ईतिहास साक्षी छ। ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वहरु विरुद्ध सामान्य जनताहरु विभाजन रेखाहरु भन्दा माथि उठेर गोलबद्ध हुन्छन्। त्यसैले काँग्रेस वा एमालेले यो देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगरेको वेश।
याद राख्नुस्, कुनै पनि षडयन्त्र विरुद्ध लड्न जनता सचेत, सजग र तैयार छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा