सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
सन १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो ।
जेनेरियो सम्मेलनको निर्णयलाई सन २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्याे र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भएको हो ।
कानुनतः नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा