सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । नयाँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएपछिको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको यसदिन ३१६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै राधि विद्युत कम्पनिको ७१ करोड ३ लाख रुपैयाको शेयर किनबेच भयो ।
आज बैंक, विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा