सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।
यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा