सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ मंसिर । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८४ अङ्कले घटेर २ हजार ६७६ दशमलव १५ विन्दुमा झरेको छ ।
यसदिन ३१७ वटा कम्पनिको १ करोड १५ लाख २३ हजार कित्ता शेयर ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै एनआरएन इन्फ्राइन्ट्रचर डेभलपमेन्टको ३५ करोड २७ लाखको शेयर किनबेच भयो ।
फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र अन्य समूहको शेयर सामान्य बढेपनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज इमर्जिङ नेपाल कम्पनीको शेयर झन्डै ९ प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा