सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ मंसिर । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ। आइतबार आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, लोअर इर्खुवा हाइड्रोपावरले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गर्न कोषसँग प्रत्याभूति पाएको छ। यो निष्कासन २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको रहनेछ।
यस सम्झौताको अवधि हस्ताक्षर भएको मितिबाट ६ महिनासम्म लागू हुनेछ। सम्झौताले लोअर इर्खुवा हाइड्रोपावरको सेयर निष्कासन प्रक्रिया सहज बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले ऊर्जा उत्पादनको क्षेत्रमा योगदान पुर्याउँदै नेपालका ऊर्जा विकास योजनालाई टेवा दिने लक्ष्य राखेको छ।
सम्झौता आगामी दिनमा ऊर्जा क्षेत्रको लगानी विस्तारका लागि उदाहरणीय कदम साबित हुने अपेक्षा गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा