• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

    होमपेज /  स्वास्थ्य

    आयुर्वेदिक उपचार पद्धति : न सरकारले बुझ्यो, न विरामीले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख २०, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ७५१ पटक पढिएको
  • डा.सुर्वण पौडेल

    आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो । आयुर्वेदिक उपचारले विशेषगरी आहारविहारमा जोड दिनेगर्छ । जरैबाट रोग निको बनाउने सिद्धान्त र विधि हो यो । एलोप्याथिकमा एक्सन र रिएक्सन दुवै छिटोगरी हुन्छ । तर आयुर्वेदिकमा ढिला गरी औषधीले काम गर्छ । रोगलाई निको पार्नको लागि शरीरमा सुधारको आवश्यकता पर्छ । जसको लागि केही समय धैर्य गर्नुपर्छ । हाम्रो नेपाली समाज र मानिसहरु कस्तो प्रवृतिको हुनुहुन्छ भने केही भैहाल्यो भने फार्मेसीबाट जति पैसा तिरेर डाक्टरलाई नसोधी औषधि किनेर खाइदिने गर्नुहुन्छ । डाक्टर शुल्कका कारण नै डाक्टरबाट भागेको होकि भन्ने लाग्छ । तर आयुर्वेदिक आर्थिक रुपमा बोझिलो हुँदैन । साइट इफेक्टपनि हुँदैन ।

    म विरामीहरुका लागि एक सय रुपैंयाँ मात्र ओपीडी शुल्क लिने गर्छु ।

    मेरो चाहना के हो भने शुल्क घटाइदिए कमसेकम धेरैले आफ्नो स्वास्थ्यलाई पैसाकै कारण डाक्टरसम्म नपुगी फार्मेसीबाट औषधि लिएर खेलवाड नगरुन् भन्ने हो । मैले एक सय रुपैयाँ शुल्क निर्धारण गर्नुको उद्देश्य आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढाउनु पनि हो । मेरो चाहना भनेको बिरामीले रोग बुझेर उपचार गरुन्, डाक्टहरुको उपचार र निगरानी चाहिन्छ भन्ने कुरा सबैले थाहा पाउन् भन्ने पनि हो । बर्षौदेखि रोग पालेर बसेका बिरामीहरुलाई यसले सहज गराउँछ । कम्तिमा विरामीले डाक्टरसँग सल्लाह नगरि जथाभावी औषधि खान हुँदैन भनेर सम्झाउन, बुझाउन सकें भने उसले परिवार र अरुलाई पनि त्यो कुरा बताउँछ भन्नेमा विश्वस्त छु ।

    एलोपेथिक औषधि प्रयोग गरेकालाई आयुर्वेदिक औषधिले काम गर्दैन भन्ने बुझाई एकदमै गलत छ । एलोपेथिक औषधि खाएकाले आयुर्वेदिक औषधि नै खान नहुने भन्ने बुझाई पनि गलत हो । तर एलोपेथिकबाट सुगरको औषधि खाइरहेका बिरामीले आयुर्वेदबाट पनि सुगरकै औषधि खानु हुँदैन । प्रेसरको पनि दुवै औषधि खानु हुँदैन । डाक्टरसँग परामर्श गर्नु अनिवार्य छ । कुन रोगीलाई कुन औषधि कसरी खुवाउने भन्ने कुरा फरक हो तर आयुर्वेदिक खानेले एलोपेथिक र एलोपेथिक खानेले आयुर्वेदिक औषधि खानै नहुने भन्ने होइन ।

    सबैभन्दा ठूलो आयुर्वेदिक उपचार पद्धति र जडिबुटीको महत्व नबुझेका कारण समस्या आइरहेको छ । आममानिसमा मात्र होइन सरकारलाई पनि आयुर्वेदिक उपचार र यसको महत्वबार चासो छैन । हाम्रा विश्वविद्यालयहरुमा एमवीबीएस पढ्नेको लाइन हुन्छ तर आयुर्वेदिक चिकित्सक वा विएएमएस पढ्नलाई कोटा पुर्याउनै गाह्रो छ । मुख्य कुरा सरकारी तवरबाटै भोलि यो क्षेत्रमा भविष्य सुरक्षित छ, उपचारको प्रभावकारी विधि आयुर्वेद पनि छ भन्ने बनाइदिए यो क्षेत्र माथि जाने थियो ।

    अहिले विज्ञानको जमाना छ । जहाँ पनि प्रमाण चाहिने भएकाले देखाउनुपर्छ । तर, आयुर्वेदमा पर्याप्त अध्ययनहरु भएको छैन । अपग्रेड गर्ने काम भएको छैन । त्यसैले आयुर्वेद पछाडि परेको छ । एलोप्याथिक अहिले यति माथि जानुमा त्यसको प्रथम विन्दु नै आयुर्वेद हो । ब्रम्हाले मान्छे मात्रै उत्पत्ति गरेनन् सँगसँगै उपचारका लागि भनेर आयुर्वेदको पनि रचना गरेका थिए ।

    आयुर्वेदमा रिसर्च गरेर काम गर्ने हो भने यसको बृहत्तर ठाउँ छ । आयुर्वेद बारेमा कसरी स्तर उन्नति गर्ने गराउने भन्ने बारेमा राम्रोसँग बहस भएको छैन । त्यसले यसबारे आकर्षण कम भएको देखिन्छ । आकर्षण कम हुनासाथ लगानी पनि कम भयो । जस्तो एलोपेथिक अस्पताल जिल्ला वा सेन्टरमा बनाइएको हुन्छ त्यहाँ करोडौं बजेट दिइन्छ । आयुर्वेदिक अस्पताल कि दूरदराज कि जंगलसाइडमा राखिएको छ । डाक्टरहरु बस्न डराउनुपर्ने, बिरामीलाई पायक पनि नपर्ने अनि आयुर्वेदले प्रगती कसरी गर्छ ? सरकारले धेरै पक्षपात गरेको विषय आयुर्वेद पनि हो ।

    नेपालमा जडिबुटीको सम्भावना धेरै छ । जटिबुटीहरु नभएका होइनन् त्यसलाई प्रशोधन गर्नेदेखि खोज अनुसन्धान र विस्तारमा सरकारीस्तरबाट केही पहल नै भएको छैन । कस्तो भैरहेको छ भने अहिले हामी क्विन्टलमा जडिबुटी टिपेर भारत लगायतका देशमा निर्यात गरिरहेका छौं । अनि त्यहाँबाटै ट्यावलेट किनेर ल्याइराखेका छौं । सम्भावना अथाह छ तर सरकारले प्रोत्साहन गर्न सकेको छैन । जति गरेको छ नीजि क्षेत्रले गरेको छ ।

    (काठमाडौं कलंकीस्थित मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत डा.पौडेलसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

    म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण

    स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

    मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ?

    अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरे कारबाही हुने

    सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको…

    कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख…

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑